Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. कला/मनाेरञ्जन
  3. सोनाम ल्होछारको अवसरमा मेलम्चीमा सांस्कृतिक कार्यक्रम
 सोनाम ल्होछारको अवसरमा मेलम्चीमा सांस्कृतिक कार्यक्रम
कला/मनाेरञ्जन समाचार

सोनाम ल्होछारको अवसरमा मेलम्चीमा सांस्कृतिक कार्यक्रम

by वरकाेबाेट संवाददाता February 17, 2024

मेलम्ची–नेपाल तामाङ घेदुङ मेलम्ची नगर समितिले २८६० औँ सोनाम ल्होछारको अवसरमा शनिबार मेलम्चीमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो।

तामाङ बाहुल्य मेलम्ची नगरमा तामाङ जातीले मनाउने सोनाम ल्होछारको अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कलाकारहरुले तामाङ सेलो, गीत तथा नृत्य प्रस्तु गरेका थिए । राष्ट्रिय कलाकारका अलावा स्थानीय र विद्यार्थीहरुले पनि आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा लामा गुरु खेन्पो सर्वजित गोङ्बा तामाङले सोनाम ल्होछारको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रमका मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै धर्म र संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताए । उनले यस्ता कार्यक्रमले नया पुस्ताले धर्म र संस्कृतिको बारेमा थाहा पाउने भएकाले यसको महत्त्व जनाए।

उपप्रमुख उमा प्रधानले कार्यक्रम सफलता र तामाङहरुको नयाँ वर्षको शुभकामना प्रदान गरिन् ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.