Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. सिन्धुका उद्याेगी, व्यवसायीकाे चुनाव : नेतृत्वकाे लागि मतदान जारी
 सिन्धुका उद्याेगी, व्यवसायीकाे चुनाव : नेतृत्वकाे लागि मतदान जारी
अर्थ समाचार

सिन्धुका उद्याेगी, व्यवसायीकाे चुनाव : नेतृत्वकाे लागि मतदान जारी

by वरकाेबाेट संवाददाता March 23, 2024

बाह्रविसे-सिन्धुपाल्चाेक उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकाे लागि मतदान भइरहेकाे छ ।

बाह्रविसेस्थित कभर्डहलमा शनिबार बिहान ८ बजेदेखि सुरू मतदान साँझ ५ बजेसम्म चल्ने छ । संघका झण्डै २ हजार ५ सय प्रतिनिधिले मतदान गर्न पाउने छन् ।

संघकाे २८ औँ साधरणसभा तथा ११ औँ अधिवेशनकाे शुक्रबार पूर्वस्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।

नेतृत्वकाे लागि व्यवसायीहरू बुद्धराज बस्नेत, शम्भु तिमिल्सना र सुमन खत्री प्रतिस्पर्धामा छन् ।

बरिष्ठ उपाध्यक्षमा सूर्य कार्की, विदुर पराजुली र उमेश प्रधान प्रतिस्पर्धामा उत्रिएका छन् । द्धितीय उपाध्यक्षमा इन्द्रबहादुर राउत र राजेश श्रेष्ठ उम्मेद्वार छन् ।

प्रथम उाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव र सहकाेषाध्यक्ष तथा दुई महिला सदस्यसहित सात जना निर्विराेध भएका छन् ।

१५ खुला सदस्यमा ३० उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका छन् । मतदान सम्पन्न भएपछि साँझबाटै मतगणना सुरू हुने निर्वाचन समितिले जनाएकाे छ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.