मेलम्चीकाे डडुवामा सामुदायिक भवन शिलान्यास
मेलम्ची-मेलम्ची नगरपालिका-११ डडुवामा बन्ने डडुवा पुछारटोल बहु-आयमिक सामुदायिक भवनकाे बिहीबार शिलान्यास गरिएको छ ।
मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान र वडा अध्यक्ष चन्द्रबहादुर तामाङले संयूक्त रूपमा भवनको शिलान्यास गरे।
एक तल्ले भवन असार १५ सम्म सम्पन्न गरिने भवन निर्माण संचालन समितिका अध्यक्ष कालू तामाङले जानकारी दिए। मेलम्ची नगरपालिकाको ५० लाख रूपैँया बजेटमा उक्त सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।
कार्यक्रममा उप प्रमुख उमा प्रधानले हरेक वडामा नगरपालिकाले बहु-आयमिक सामुदायिक भवन निर्माण गर्ने लक्ष्य लिएको र धेरैमा निर्माण भइरहेको जनाइन् ।
वडा अध्यक्ष तामाङले सामुदायिक भवन बनेपछि स्थानियलाई सहज हुने बिश्ववास ब्यक्त गरे । भवनबाट ५४ घरधुरी लाभान्वित हुने बताइएकाे छ ।