Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. ताैथलीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ को अवस्था गम्भीर
 ताैथलीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ को अवस्था गम्भीर
समाचार

ताैथलीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ को अवस्था गम्भीर

by वरकाेबाेट संवाददाता April 19, 2024

चाैतारा-सिन्धुपाल्चोककाे त्रिपुरासुन्दरी गाउँपालिकामा शुक्रबार बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। बाँकी सबै ५२ जन्ती घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार तौथलीमा जन्ती बोकेको बा ४ ख ५६१६ नं. काे बस बिहान करिब ७ः ३० बजेतिर सडकबाट करिब २ सय मिटर तल खसेकाे थियाे।

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको  बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटनामा परेको बताए।

मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको र उनीहरूको सनाखत हुन बाँकी रहेको पनि उनले बताए।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार गम्भीर घाइते ७ जनालाई सिन्धु सदाबहार अस्पताल लगिँदै छ भने अन्य घाइते सामान्य उपचार गराएर फर्किएका छन्। घाइते हुनेहरूको नाम खुल्न सकेको छैन।

उनले बाटो निकै साँघुरो रहेकाे र  ५५ जना बसमा सवार भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको पनि बताए। बेहुला पनि घाइते छन् ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.