Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. चनौटेको बेलिब्रिज जोखिममा
 चनौटेको बेलिब्रिज जोखिममा
समाचार

चनौटेको बेलिब्रिज जोखिममा

by युवराज पुरी July 6, 2024

मेलम्ची– हेलम्बु गाउँपालिकाको लाइफ लाइन चनौटेस्थित बेलिब्रिज जोखिममा परेको छ ।

लगातारको वर्षापछि हेलम्बुको वडा नम्बर २ र ७ जोड्ने एकमात्रै पुल बेलिब्रिज जोखिममा परेको हो ।

जोखिममा परेको पुललाई जोगाउन छेउछाउमा ठुल्ठूला ढुंगा हालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

२०७८ साउन १६ को मेलम्ची बाढीले यहाँको रातोपुल बगाएपछि नेपाली सेनाले उक्त बेलिब्रिज बनाएको थियो ।

बाढीले क्षति पुर्‍याएमा मेलम्चीको खानेपानी आयोजनाको मुहानसँगको पहुँच पनि टुट्नेछ।

त्यतिमात्रै होइन मेलम्चीको दुइटा, पाँच पोखरीको दुइटा र हेलम्बुको तीन वटा वडाबीच सम्पर्कबिच्छेद हुने अध्यक्ष शेर्पाले बताए।

‘भेमाथाङमा पहिरो गयो र त्यो मिसिएर आयो भने अझै खतरा हुन्छ,’ उनले भने। २०७८ असार १ गतेको भे्रमाथाङमा पहिरो गएर मेलम्ची नदीमा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पु¥याएको थियो ।

शनिबार दिउँसो मेलम्चीले खतराको तह पार गरेको थियो। मेलम्चीमा खतराको तह ५.५ मिटर तोकिएको छ। शनिबार दिउँसो जलसतह बढेर ५.५५ मिटर पुगेको थियो।

साँझ भने जलसतह केही घटेको छ। बाढी पूर्वानुमान महाशाखाले साँझ सवा ६ बजे मेलम्चीमा जलसतह केही घटेर चेतावनीको तहमा पुगेको छ। अहिले मेलम्चीमा जलसतह ५.२८ मिटर छ।

पछिल्लो चौबिस घन्टामा सिन्धुपाल्चोकका धेरै स्थानमा धेरै भारी वर्षा (सय मिलिमिटभन्दा बढी) पानी परेको छ। मेलम्चीमा १२९ मिलिमिटर, बोल्दे (जुगल गाउँपालिका) मा ११९ मिलिमिटर, ढुंगेमा ११४ मिलिमिटर, बाँसखर्कमा १०६ मिलिमिटर, गोब्रेमा १०४ मिलिमिटर वर्षा मापन भएको छ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.