Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. चौतारा नगरको बजेट एक अर्व २६ कराेड 
 चौतारा नगरको बजेट एक अर्व २६ कराेड 
अर्थ समाचार

चौतारा नगरको बजेट एक अर्व २६ कराेड 

by वरकाेबाेट संवाददाता July 10, 2024

बजेटमा शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार विकास, कृषि, पशु र स्वास्थ्य सेवालाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ ।

चौतारा–चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सवा एक अर्व रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ ।

नगरले आर्थिक वर्ष ०८१/८२ को लागि एक अर्व २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैयाँको बजेट सार्वजनिक गरेको हो । नगरले बुधबार सार्वजनिक गरेको बजेटमा आठ प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

बजेटमा शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार विकास, कृषि, पशु र स्वास्थ्य सेवालाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ ।

संघ सशर्त अनुदानतर्फ ४८ करोड ५९ लाख १३ हजार, संघ विशेष अनुदानतर्फ ८० लाख र संघ समानिकरण अनुदानतर्फ १८ करोड, ५१ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ ।

त्यस्तै प्रदेश समानकिरण अनुदानतर्फ २ करोड २ लाख ९३ हजार, प्रदेश सशर्त अनुदानतर्फ २ करोड, ४९ लाख१५ हजार, प्रदेश समपूरक अनुदानतर्फ ६ करोड र प्रदेश विषेश अनुदानतर्फ ७० लाख रुपैयाँ बजेट प्राप्त हुने जनाइएको छ ।

बजेटमा उल्लेख भएअनुसार स्वास्थ्यमा २ करोड, शिक्षा, युवा तथा खेलकुदमा ६ करोड ४० लाख, कृषि सेवातर्फ २ करोड ५० लाख, पशु सेवामा १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।

पूर्वाधार विकासमा ५ करोड, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ७५ लाख, सहकारीतर्फ १० लाख र लघु उद्यमतर्फ २५ लाख रुपैयाँ विनियोजन गरिएको बजेट बक्तव्यमा जनाइएको छ । अन्य शीर्षकमा २२ योजनालाई बजेट विनियोजन गरिएको छ ।

संघ राजस्व बाँडफाँडबाट १३ करोड, प्रदेश राजस्व बाँडफाँडबाट ११ करोड ७० लाख, आन्तरिक स्रोत दहत्तरबहत्तरबाट १८ करोड ५० लाख, घरजग्गा रजिष्टेशनबाट ७८ लाख र नगर तथा वडाको आन्तरिक आयबाट २ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

 

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.