Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. युराे कप : जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन सेमिफाइनलमा
 युराे कप : जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन सेमिफाइनलमा
खेल समाचार

युराे कप : जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन सेमिफाइनलमा

by वरकाेबाेट संवाददाता July 6, 2024

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो ।

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल बारेको हो ।

११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्याएका हुन् । डयानी ओल्मोको क्रसमा हेडर प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् ।

त्यसअघि निर्धारित समयको ५१औं मिनेटमा ड्यानी ओल्मोको गोलमा स्पेनले खेलमा अग्रता लिएको थियो । खेलको आठौ मिनेटमा नै चोटका कारण पेड्री बाहिरिनु परेपछि मैदान प्रवेश गरेका ओल्मोले लामिन यमालको पासमा बक्स भित्रबाट सुन्दर फिनिश गरेका थिए ।

जर्मनीले बराबरी गोल गर्न अन्तिम समय कुर्नु पर्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका फ्लोरियन विर्ट्जले बराबरी गोल गर्दै खेल अतिरिक्त समुहमा धकेलेका थिए । जोसुवा किमीचको हेडर पश्चात बक्समा खसेको बलमा उनले गोल गर्न सफल भएका थिए ।

सले अब फाइनल प्रवेशका लागि फ्रान्स र पोर्चुगल बीचको क्वाटरफाइनल खेलको विजेता विरुद्ध खेल्नेछ । सो खेल आजै राति १२:४५ बजे सुरु हुनेछ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.