Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. सुरुङको ढलान भासिँदा किचिएकामध्ये १० कामदारको उद्धार, दुई बेपत्ता
समाचार

सुरुङको ढलान भासिँदा किचिएकामध्ये १० कामदारको उद्धार, दुई बेपत्ता

by वरकाेबाेट संवाददाता July 5, 2024
चाैतारा-सिन्धुपाल्चाेककाे भाेटेकाेसी गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाको सुरुङ ढलान भासिँदा च्यापिएकामध्ये १० कामदारको उद्धार गरिएको छ । ढलानभित्रै किचिएर अझै दुई कामदार हराइरहेकाे प्नहरीले जनाएकाे छ ।
भोटेकोसी–४ मा निर्माणाधीन झीर्पू इलेक्ट्रो पावर कम्पनी लिमिटेडको ड्यामसाइडको सुरुङ ढलान शुक्रबार दिउँसो भासिएको हो । सुरुङ ढलान गर्ने काम भइरहेको थियो । दिउँशो २ बजेतिर भएको घटनामा १२ कामदार पुरिएका थिए । पुरिएकामध्ये १० कामदारलाई घाइते अवस्थामा उद्धार गरी उपचारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले जनाए ।
उनका अनुसार घाइतेहरुको बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र र किष्टोन अस्पतालमा उपचार भइरहेको छ । केहीलाई प्राथमिक उपचारपछि धेलिखेल अस्पताल रेफर गरिएको छ ।
हराइरहेका दुई कामदारको खोजी भइरहेको डिएसपी भट्टराईले बताए । पहिचान नखुलेका उनीहरु दुई घण्टादेखि ढलानमै किचिएर हराइरहेको हुन् ।
Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.