Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. भोटेकोसीमा खसेको बोलेरामा थिए पुरुष र महिला, नदीमा भए बेपत्ता
 भोटेकोसीमा खसेको बोलेरामा थिए पुरुष र महिला, नदीमा भए बेपत्ता
समाचार समाज

भोटेकोसीमा खसेको बोलेरामा थिए पुरुष र महिला, नदीमा भए बेपत्ता

by वरकाेबाेट संवाददाता September 14, 2024

चाैतारा-सिन्धुपाल्चोकस्थित बाह्रबिसे-तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीमा शुक्रबार खसेको बोलेरो गाडीमा सवार चालकसहित २ जना अझै फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार बा २० च २१८५ नं. को बोलेरो भोटेकोसीमा खसेको अवस्थामा भेटिएको थियो।

शुक्रबार बिहान बाह्रबिसे नगरपालिका-६ बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि गएको प्रहरी टोलीले क्रेनको सहायताले ७ घण्टाको प्रयासपछि क्षतिग्रस्त बोलेरो निकालेको थियो। तर त्यसमा कोही पनि मानिस थिएनन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता, डीएसपी निरञ्जन भट्टराईले गाडीमा चालक भोटेकोसी गाउँपालिका–५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा र  बाह्रबिसे नगरपालिका–९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको आफन्तबाट जानकारी पाइएको बताए ।

‘अहिले बिहानसम्म उनीहरू फेला परेका छैनन्, खोजी जारी छ’, शनिबार बिहान उनले भने। खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको उनले बताए।

स्थानीय र आफन्तले बताएअनुसार उक्त बोलेरो बिहीबार बेलुका नै भोटेकोसीमा खसेको अनुमान प्रहरीले गरेको छ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.