चाैतारा साँगाचाेकगढी-७ बालमैत्री वडा घाेषित
चाैतारा-चाैतारा साँगाचाेकगढी नगरपालिका-७ लाई बालमैत्री वडा घाेषणा गरिएकाे छ ।
६० ओैं बालदिवसकाे अवसरमा शनिबार एक समाराेहबीच बालमैत्री वडा घाेषणा गरिएकाे हाे ।
नगर प्रमुख कृष्णप्रसाद सापकाेटाले उक्त समाराेहमा यस वडालाई बालमैत्री वडा घाेषणा गरेका हुन् ।
आयाेडिनयुक्त नुनकाे प्रयाेग, पूर्ण खाेपकाे सुनिश्चितता, सुरक्षित सुत्केरी, बालबिवाहकाे अन्त्य, बालमैत्री पूर्वाधार निर्माण लगायत ५१ सूचक पूरा गरेपछि बालमैत्री वडा घाेषणा गरिएकाे सहजीकरण उपसमितिका संयाेजक राजकुमार यादवले जानकारी दिए ।
उक्त समाराेहमा वडा बालबालिका स्थितिपत्र सार्वजिनक गरिएकाे छ । स्थितिपत्रअनुसार यस वडामा बालबालिकाकाे संख्या १ हजार ३ सय ८३ छ भने विद्यालय उमेरका सबै ८ सय ७१ विद्यार्थी अध्ययनरत छन् । वडामा विद्यालयस्तरीय बालक्लव तीन, समुदायस्तरीय नाै बालक्लव र एक वडास्तरीय बाल सञ्जाल गठन गरिएकाे छ ।
चाैतारा नगरमा बालमैत्री वडा घाेषणा गरिएकाे याे दाेस्राे र सिन्धुपाल्चाेकमा तेस्राे वडा हाे । यसअघि जिल्लाकै पहिलाे बालमैत्री वडा चाैतारा साँगाचाेकगढी-१३ लाई घाेषणा गरिएकाे थियाे । त्यस्तै मेलम्ची नगरपालिकाकाे एक वडालाई बालमैत्री घाेषणा गरिएकाे छ ।
बालदिवस तथा बालमैत्री वडा घाेषणा समाराेहलाई बालबालिकाले गीत, नृत्य, लगायत विभिन्न प्रस्तुति दिएर उत्सवकै रूपमा मनाए ।
`बालबालिकामा लगानी, सुनिश्चत भविश्यकाे थालनी´ भन्ने नारासहित विविध कार्यक्रम गरि जिल्लैभर बालदिवस मनाइएकाे छ ।