Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिशन चौतारामा
 जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिशन चौतारामा
समाचार समाज

जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिशन चौतारामा

by वरकाेबाेट संवाददाता September 14, 2024

चाैतारा–१६ बर्ष भित्रका गायन प्रतिभाहरुको प्रतिस्पर्धात्मक रियालिटी टेलिभिजन शो जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिशन सिन्धुपाल्चोक सदरमुकाम चौतारामा सम्पन्न भएको छ।

देशभरिको दसवटा अडिसनबाट टेलिभिजन राउन्डका लागि उत्कृष्ट सय जना प्रतिस्पर्धी छान्ने योजनाअनुरुप काभ्रे र सिन्धुपाल्चोकलाई लक्षित गरेर चौतारास्थित कृष्णरत्नगङ्गा माविमा शनिबार अडिसन सम्पन्न गरिएको कार्यक्रम प्रस्तोता घनश्याम तिमल्सिना एन्टिनाले बताएका छन। आर्या मिडिया हाउसले संचालन गरेको उक्त रियालिटी शो ग्लोबल एचडी टेलिभिजनबाट प्रसारण हुनेछ भने कार्यक्रमलाई कपिल कार्कीले निर्देशन गरेका हुन।

गत साउन २६ गते काठमाडौँमा पहिलो अडिसन सम्पन्न गरिसकेको यो कार्यक्रममा गायक तथा संगीतकार डिजराज पौडेल , गायिका सरु गौतम,गायक कर्णराज गिरी, डेबिट शंकर निर्णायकको भुमिकामा रहेका छन।

नियुक्ति शेर्पा र घनश्याम तिमल्सिना एन्टिना होस्ट रहेको यो रियालिटी शोमा सिन्धुपाल्चोकका तीन दर्जन विद्यालयबाट १ सय २० जना विद्यार्र्थीको सहभागिता रहेको कार्यक्रम संचालक तिमल्सिनाले बताए।

सिन्धुपाल्चोक अडिशनबाट टप सय राउन्डको लागि २२ जना विद्यार्र्थी छनोट भएका छन् । जुनियरतर्फ सिङ्गिङ स्टार हुन सफलले ५ लाख, सेकेन्डले २ लाख ५० हजार र तेस्रोले १ लाख रुपैयाँ पुरुस्कार प्राप्त गर्ने आयोजक आर्या मिडिया हाउसले जनाएको छ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.