Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. राजनीति
  3. स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको आयोगको भनाई
 स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको आयोगको भनाई
राजनीति समाचार

स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको आयोगको भनाई

by वरकाेबाेट संवाददाता December 1, 2024

काठमाडौँ-स्थानीय तहको उपनिर्वाचन अन्तर्गत विभिन्न ४१ पदका लागि आइतबार सम्पन्न मतदानमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मतदानपछि विज्ञप्ती निकालेर आयोगले देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदना सम्पन्न जानकारी दियो ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटाले उम्मेदवारी दिएको बताइन् ।

मतपेटिका संकलन भएपछि तत्काल मतगणना सुरु गर्न आयोगले निर्देशन दिएको पनि उनले जानकारी दिइन् ।

विहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म चलेको थियो। एक नगरपालिका, २ गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष बाँकी वडा अध्यक्षको लागि उपचुनाव भएको हो।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.