Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. बलेरो भोटेकोसीमा खस्दा चालक र सहचालक बेपत्ता
 बलेरो भोटेकोसीमा खस्दा चालक र सहचालक बेपत्ता
समाचार

बलेरो भोटेकोसीमा खस्दा चालक र सहचालक बेपत्ता

by रुपक पुरी August 26, 2025

सिन्धुपाल्चोक–अरनिको राजमार्गमा मंगलबार दिउँसो बलेरो भोटेकोसी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका–२ का बलेरो चालक २३ वर्षीय राजेशकुमार कुसहवा र रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय सहचालक रामप्रवेश महतो रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव खरेलले जानकारी दिए ।

उनका अुनसार तातोपानीबाट बाह्रविसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बलेरो दिउँसो साढे तीन बजेतिर भोटेकोसी गाउँपालिका–४ चाकुबाट नदीमा खसेर दुर्घटना हुँदा त्यसमा सवार दुई जना बेपत्ता भएका हुन् ।

घटना पुगेका सुरक्षाकर्मीले टुचिन लगाई दुर्घटनाग्रस्त बलेरो तान्ने क्रममा एक शब बगाएको थियो । बलेरोमा यी चालक र सहचालक मात्र रहेको जानकारी पाएको डिएसपी खरेलले बताए ।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । बलेरो सडकबाट २० मिटर तल नदीमा खसेको थियो ।

 

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.