Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. १४ वर्षपछि पहिचानको उज्यालो : स्वस्तिकाले पाईन् अभिभावकसँगै नागरिकता
 १४ वर्षपछि पहिचानको उज्यालो : स्वस्तिकाले पाईन् अभिभावकसँगै नागरिकता
समाचार समाज

१४ वर्षपछि पहिचानको उज्यालो : स्वस्तिकाले पाईन् अभिभावकसँगै नागरिकता

by वरकाेबाेट संवाददाता July 30, 2025

सिन्धुपाल्चोक— कहिल्यै नसोचेको पुनर्मिलन, कहिल्यै नपाएको कागजी पहिचान। १४ वर्षअघि बाल्यकालमै आमाबुबाले सडकमा छाडेकी स्वस्तिका केसीले बुबाआमा मात्रै भेटिनन्, अन्तत : नेपाली नागरिकताको प्रमाणपत्रसमेत प्राप्त गरिन्।

सुरक्षित अभिभावकत्व र कानुनी पहिचानविहीन अवस्थामा हुर्केकी स्वस्तिका नागरिकता पाएपछि खुसीले उज्यालो हुँदै भनिन्, ‘आज म पहिचानसहितकी नागरिक बनेकी छु ।’

स्वस्तिकाको यात्रा त्यतिबेला सुरु भयो, जब उनलाई १४ वर्षअघि धुलिखेल–७ मा राधा माकजुले सडकमा बेवारिसे अवस्थामा फेला पारिन्। राधाले एक वर्ष आफूसँग राखेर शिक्षाको थालनी गराइन्। पछि आफू अमेरिका जान लागेपछि स्वस्तिकालाई धुलिखेलकै सिद्धार्थ बालगृहमा आश्रय दिइयो।

सामान्यजस्तै लाग्ने बालबालिकाको दैनिक जीवन स्वस्तिकाका लागि भने अनेक प्रश्नले भरिएको थियो—’म को हुँ ? मेरा आमा–बुबा कहाँ छन् ?’

बालगृहकी सञ्चालक शर्मिला श्रेष्ठले सामाजिक अभियन्ता अर्जुन भुसालसँग मिलेर स्वस्तिकाको परिवार खोज्ने प्रयासलाई निरन्तरता दिइन्। अर्जुनले सामाजिक सञ्जालमा भिडियो राखेपछि चमत्कारीक मोड आयो— स्वस्तिकाकी आमा मञ्जु केसी (नागरिकतामा कृति गुरुङ) चितवनबाट सम्पर्कमा आइन्। बुबा विष्णुराज केसी पनि धुलिखेलबाटै सम्पर्कमा आए।

स्वस्तिकाले नागरिकता पाउन सजिलो थिएन। बुबा गाउँमा नबसेका कारण वडा कार्यालयले सार्वजनिक मुचुल्का माग्यो। वडाध्यक्ष निलबहादुर तामाङले स्थानीय भेला गरेर प्रमाण जुटाइदिए।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१० बाट सिफारिसपछि प्रमुख जिल्ला अधिकारी किरण थापा र सहायक प्रजिअ गणेश नेपालीले मंगलबार स्वस्तिकालाई नागरिकता हस्तान्तरण गरे।

‘मैले आमाबुबालाई भेट्छु भन्ने सोच नै थिएन। तर आज नागरिकताको प्रमाणपत्रसँगै बुबा–ममीसँग भेट्दा मलाई आफैंलाई चिनेजस्तो भयो,’ स्वस्तिका भन्छिन् ।

स्वस्तिकाले सञ्जीवनी नमूना मावि (कक्षा १०) र बनेपाको आदर्श विद्या मन्दिर कक्षा ११ र १२ को अध्ययन पूरा गरेकी छिन्। अहिले उनी उच्च शिक्षाको तयारीमा छिन्।

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.