Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. चौतारा साँगाचोकगढीको बजेट १ अर्व १६ करोड रुपैयाँ प्रस्ताव
 चौतारा साँगाचोकगढीको बजेट १ अर्व १६ करोड रुपैयाँ प्रस्ताव
अर्थ समाचार

चौतारा साँगाचोकगढीको बजेट १ अर्व १६ करोड रुपैयाँ प्रस्ताव

by वरकाेबाेट संवाददाता June 23, 2025

नगरका १४ वटा वडालाई ११ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रतिवडाले ८५ लाखको दरले बजेट पाउने देखिन्छ ।

सिन्धुपाल्चोक–चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि १ अर्व १६ करोड रुपैयाँ भन्दाबढीको बजेट प्रस्ताव गरेको छ ।

नगरको १८ औँ नगर सभामा आगामी वर्षको नीतिहरु सार्वजनिक गर्दै उपप्रमुख सीता थापाले १ अर्व १६ करोड २८ लाख ३५ हजार ८ सय ४२ रुपैयाँको बजेट प्रस्ताव गरेकी हुन् । प्रस्तावित बजेटलाई केही दिनपछि बस्ने नगरको अधिवेशनले ‘ब्रेकडाउन’सहित पारित गर्ने छ ।

प्रस्तावित बजेटअनुसार बजेटको ठूलो हिस्सा संघ र प्रदेश सरकारबाट प्राप्त हुने छ । संघ सशर्त अनुदान चालुतर्फ ४४ करोड ८ लाख र पुँजीगततर्फ १ करोड २६ लाख रुपैयाँ नगरले प्राप्त गर्ने छ । संघ समपुरक र विशेष अनुदानमा १ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने प्रस्तावित बजेटमा उल्लेख छ ।

त्यस्तै प्रदेश सशर्त अनुदान चालुतर्फ ३ करोड, ९३ लाख ९७ हजार र पुँजीगततर्फ १ करोड १५ लाख रुपैयाँ प्राप्त हुने छ । प्रदेश विशेष र समपुरक अनुदानबाट नगरले २ करोड ६९ लाख रुपैयाँ पाउने छ । संघ समानीकरणबाट १८ करोड २४ लाख र प्रदेश समानीकरणबाट २ करोड १७ हजार रुपैयाँ प्राप्त हुने उल्लेख छ ।

चौतारा नगरले संघ राजस्व बाँडबाँडबाट ११ करोड १० लाख ४४ हजार ६ सय ७९ र प्रदेशबाट ६ करोड ९७ लाख ७७ हजार १ सय ६३ रुपैयाँ प्राप्त गर्ने छ । आन्तरिक स्रोत दहत्तरबहत्तरबाट १५ करोड, घरजग्गा रजिष्टेशनबाट १ करोड र नगर तथा वडाको आन्तरिक आयबाट ३ करोड रुपैयाँ आम्दानी हुने नगरको अनुमान छ । ४ करोड रुपैयाँ नगरको आन्तरिक कोषमा मौज्दात रहेको जनाइएको छ ।

शिक्षा, युवा तथा खेलकुदलाई पहिलो प्राथमिकता दिँदै ६ करोड रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरिएको छ । दोस्रो प्राथमिकतामा परेका स्वास्थ्य र कृषि सेवालाई २÷२ करोड र पशु सेवामा १ करोड रुपैयाँ छुट्याउने तयारी छ । लक्षित बर्ग कार्यक्रममको लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ ।

नगरका १४ वटा वडालाई ११ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रतिवडाले ८५ लाखको दरले बजेट पाउने देखिन्छ ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाले संघ र प्रदेशबाट प्राप्त हुने अनुदान घटेकाले सीमाभित्र रहेर बजेट विनियोजन गर्नुपर्ने बाध्यता सुनाए । ‘प्राप्त बजेटबाट अधिकतम उपलब्धि हाँसिल गर्नु पर्ने छ,’ उनले भने ।

यस्तो छ नगरको प्रस्तावित बजेट :

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.