Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. चौतारा साँगाचोकगढी नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ घोषणा
 चौतारा साँगाचोकगढी नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ घोषणा
समाचार समाज स्वास्थ्य​

चौतारा साँगाचोकगढी नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ घोषणा

by वरकाेबाेट संवाददाता June 19, 2025

सिन्धुपाल्चाेक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन नगरपालिका’ को रूपमा घोषणा गरिएको छ। नगरपालिका सभाहलमा बिहीबार सम्पन्न विशेष समारोहमा यो घोषणा गरिएको हो।

प्रतिनिधि सभा क्षेत्र नं. १ का  सांसद माधव सापकोटाले कार्यक्रम उद्घाटन गर्दै १६ औं राष्ट्रिय योजना अन्तर्गतको दिगो विकास लक्ष्यअनुसार स्वास्थ्य र खोपलाई अनिवार्य तथा नैसर्गिक अधिकारका रूपमा कार्यान्वयन गरिनुपर्ने बताए। उनले भने, “घोषणा मात्रै पर्याप्त छैन, दिगोपन कायम राख्न सबैको साझा प्रयास आवश्यक छ।”

नगरप्रमुख कृष्णप्रसाद सापकाेटाले गाउँ-गाउँसम्म खोप पु-याउन मिहिनेत गर्ने स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरूको उच्च सम्मान व्यक्त गरे। उनले सदरमुकाममा सहज पहुँच भए पनि दुर्गम क्षेत्रका चुनौती स्वीकार्दै ‘गाउँघर क्लिनिक’ प्रणालीले सेवा विस्तार गरिरहेको बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईंले पूर्ण खोप घोषणाको प्रमाणपत्र नगरप्रमुख सापकोटालाई हस्तान्तरण गरे।

स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार चौतारा नगरभित्रका १६ देखि २३ महिनासम्मका ४५८ बालबालिकालाई १४ प्रकारका सबै खोप लगाइएको छ। यिनै आधारमा नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको हो।

जनस्वास्थ्य प्रमुख बजगाईंका अनुसार सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये ११ पालिकामा यसअघि नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भइसकेको छ। बाँकी पाँचपोखरी थाङपाल गाउँपालिका पनि छिट्टै घोषणा प्रक्रियामा प्रवेश गर्ने उनले जानकारी दिए।

२०७२ सालदेखि जिल्लामा सुरु भएको कार्यक्रमलाई युनिसेफ र विश्व स्वास्थ्य संगठनको सहयोगमा सञ्चालन गरिएको हाे ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.