Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह
 भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह
समाचार समाज

भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह

by वरकाेबाेट संवाददाता June 18, 2025

सिन्धुपाल्चोक— आगामी असार ७ गतेसम्म चीनको तिब्बती क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जनाउँदै भोटेकोशी नदीमा बाढी आउन सक्ने खतरा रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी गराएको छ।

प्रशासन कार्यालयले चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाको आधारमा भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रहरूमा जोखिम बढ्ने बताएको छ। सूचनामा नदी आसपासका बासिन्दाहरू सतर्क सचेत गराइएको छ।

भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका भोटेकोशी र सुनकोशी नदी आसपासका वडाका बासिन्दालाई प्रशासनले सचेत रहन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा हस्ताक्षरित सूचनामा नदी आसपासका बासिन्दालाई जोखिम न्यूनीकरणका लागि सचेत रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.