Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. मेलम्ची र पाँचपोखरी संयुक्त विजेता, क्रिकेट प्रतिभाहरूले पाए विशेष अवसर
 मेलम्ची र पाँचपोखरी संयुक्त विजेता, क्रिकेट प्रतिभाहरूले पाए विशेष अवसर
खेल

मेलम्ची र पाँचपोखरी संयुक्त विजेता, क्रिकेट प्रतिभाहरूले पाए विशेष अवसर

by वरकाेबाेट संवाददाता June 16, 2025

काठमाडौं — टीयू क्रिकेट मैदानमा भएको पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता वर्षाको कारण फाइनलमै रोकिएपछि मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब संयुक्त रुपमा विजेता घोषित भएका छन्।

खेलमा पाँचपोखरी क्रिकेट क्लबले पहिलो ब्याटिङ गर्दै १७।४ ओभरमा १३३ रनको मजबूत योगफल बनाइसकेको अवस्थामा वर्षा सुरु भयो। मैदान भिजेपछि खेल सुचारु हुन नसक्दा निर्णायकले दुवै टोलीलाई संयुक्त उपाधि दिने निर्णय गरे।

दुवै विजेता टोलीले ७५ /७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

मेलम्चीका रिन्जिन लामा प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ६ महिनाको निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ।

त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान द माइटि साँगाचोकका अशोक पौडेल र उत्कृष्ट बलर मेलम्चीका सोनु देवकोटा घोषित भए। यी दुई खेलाडीले पनि हिमालय क्रिकेट एकेडेमीबाट ३/३ महिना निःशुल्क प्रशिक्षण पाउने भएका छन्।

प्रतियोगितामा आयोजकले छनोट गरेका थप ३ उत्कृष्ट खेलाडीलाई एन्जल्स स्पोर्ट्स एकेडेमीले ३ महिनाको प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ।

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा भएको यो प्रतियोगिता सातौं संस्करण हो।

सुरुवाती तीन संस्करण गाउँमै आयोजना गरिएको थियो भने पछिल्ला संस्करणहरू मुलपानी क्रिकेट मैदानमा सम्पन्न हुँदै आएका छन्। यसपटक भने टियु मैदानलाई प्रतिस्पर्धाको केन्द्र बनाइएको हो।

सिन्धुपाल्चोक जिल्लाले हाल क्यानको सदस्यता प्राप्तिका लागि प्रयास गरिरहेको छ। पछिल्ला ७ वर्षदेखि प्रतियोगिता निरन्तर गर्दै आएको संघले क्रिकेटलाई गाउँ–सहरसम्म पुर्‍याउने उद्देश्य राखेको छ।

अघिल्लो संस्करणसम्म जिल्ला भित्रका खेलाडीलाई मात्र सहभागी गराइँदै आए पनि यसपटक पहिलो पटक लचकता अपनाइएको थियो।

बागमती प्रदेशस्तरीय र अन्तर्राष्ट्रिय अनुभव भएका २ खेलाडीलाई प्रत्येक टिमले समावेश गर्न पाउने नियमले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाएको आयोजकहरूको भनाइ छ।

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.