Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. कला/मनाेरञ्जन
  3. ऐश्वर्या र अभिषेकको डिभोर्स हुन लागेको हो?
 ऐश्वर्या र अभिषेकको डिभोर्स हुन लागेको हो?
कला/मनाेरञ्जन

ऐश्वर्या र अभिषेकको डिभोर्स हुन लागेको हो?

by वरकाेबाेट संवाददाता December 20, 2023

यतिबेला बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनको सम्बन्ध विच्छेद हुन लागेको चर्चा छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभ बच्चनले छोरी स्वेतालाई मुम्बईमा रहेको ‘प्रतीक्षा’ बंगला उपहार दिएका थिए। आफ्नो विवाह भएको घरमा स्वेता बसेको ऐश्वर्यालाई मन परेको थिएन। यसै विषयमा बच्चन परिवारसँग उनको मनमुटाव सुरू भयो।

ऐश्वर्या र अमिताभ बच्चनले इन्स्टाग्राममा एक-अर्कालाई अनफलो गरेका छन्। यसले उनीहरूको सम्बन्धमा चिसोपन आएको पुष्टी गर्छ।

ऐश्वर्याले घर छाडेर आमासँग बस्न थालेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। केही दिनअघि ऐश्वर्या र अभिषेक छोरी आराध्याको स्कुल कार्यक्रममा पुगेका थिए। जहाँ उनीहरू छुट्टाछुट्टै गाडीबाट उत्रिन्छन्।

अभिषेकको हातको औंलामा विवाहको औंठी नभएपछि उनीहरूको डिभोर्स हुन लागेको चर्चा चलेको हो। उनीहरू दुवैले बलिउड फिल्ममा काम गरिसकेका छन्। जसमध्ये ऐश्वर्यालाई बलिउडकी चर्चित अभिनेत्रीको रूपमा चिनिछिन्।

अभिषेक र ऐश्वर्याले पहिलो पटक फिल्म ‘ढाई अक्षर प्रेम के’ काम गरेका थिए। त्यसपछि ‘कुछ ना कहो’, ‘उमरावों जान’, ‘बन्टी और बब्ली’ र ‘धूम २’ मा उनीहरूले सँगै काम गरे।

त्यसपछि फिल्म ‘गुरू’ मा काम गर्दागर्दै अभिषेक बच्चन ऐश्वर्याको प्रेममा परे। यस फिल्मको प्रमोसन सकिएपछि अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखे। ऐश्वर्याले उनको प्रेम प्रस्ताव स्वीकार गरेपछि दुवैले विवाह गरेका थिए। उनीहरूको विवाह सन् २००७ मा भएको थियो।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.