Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. कला/मनाेरञ्जन
  3. वर्षमा २५ अर्ब कमाउने पहिलो भारतीय नायक बने शाहरूख
 वर्षमा २५ अर्ब कमाउने पहिलो भारतीय नायक बने शाहरूख
कला/मनाेरञ्जन

वर्षमा २५ अर्ब कमाउने पहिलो भारतीय नायक बने शाहरूख

by वरकाेबाेट संवाददाता January 1, 2024

एजेन्सी-बलिउड अभिनेता शाहरूख खानले नयाँ रेकर्ड राखेका छन्। उनले एक वर्षमा २५ अर्ब कमाउनले अभिनेताको रेकर्ड राखेका हुन्।

हिन्दी फिल्म बजार विश्लेषक रमेश बालाले ट्विटरमार्फत भारतीय फिल्म क्षेत्रमा एक वर्षमै २५ अर्ब कमाउने रेकर्ड शाहरूख खानले राखेको जानकारी दिएका हुन्।

सन् २०२३ मा उनको तीन फिल्म ‘पठान, जवान र डंकी’ रिलिज भयो। यी फिल्मले भारतीय बक्स अफिसमा निकै राम्रो कमाइ गरेका छन्। उनको फिल्म ‘पठान, जवान र डंकी’ ले विश्वभरबाट २५ अर्ब कमाएको हो।

‘पठान’ ले १० अर्ब ५० करोड भारू कमाएको थियो भने ‘जवान’ ले ११ अर्ब ४६ करोड र ‘डंकी’ ले ३ अर्ब ६१ करोड भारू कमाएको छ।

शाहरूखले फिल्म ‘जिरो’ फ्लप भएपछि ‘पठान’ बाट कमब्याक गरेका हुन्। उनले लगातार सुपरहिट फिल्म दिएर उक्त रेकर्ड राखेका छन्।

यसवर्ष शाहरूखको सम्पत्ति १३ अर्ब भारू बढेको छ। अब उनी ६४ अर्ब ११ करोड भारूका मालिक भएका छन्। गतवर्ष उनको सम्पत्ति ५१ अर्ब १६ करोड भारू थियो। ‘जवान’ र ‘पठान’ को सफलताले उनको सम्पत्ति बढेको हो।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.