नेप्से आठ अंकले घट्यो, साढे चार अर्बको कारोबार

काठमाडौं-नेप्से परिसूचक ८ दशमलव ७५ अंक घटेर २०६० दशमलव १५ विन्दुमा बन्द भएको छ ।
आज चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये पाँच वटा उपसमूहको समूहगत सूचक बढेको छ । सात उपसमूहको समूहगत सूचक बढेको छ ।
उत्पादन तथा प्रशोधन समूहको सूचक ६३.९२ र व्यापार सहूहको सूचक १३.१० अंक बढेको छ ।
प्रतिक्रिया