Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. साहित्य
  3. बाह्रखरी कथा प्रतियोगिता-उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक
 बाह्रखरी कथा प्रतियोगिता-उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक
साहित्य

बाह्रखरी कथा प्रतियोगिता-उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक

by वरकाेबाेट संवाददाता December 20, 2023

काठमाडौं-पाँचौ ‘डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएका छन् ।

बाह्रखरी कथा लेखन प्रतियोगिता २०८० का निर्णायकहरू समालोचक प्रा.डा. सावित्री कक्षपती, कथाकार महेशविक्रम शाह र उपन्यासकार सुविन भट्टराईको समूहले उत्कृष्ट २५ कथा चयन गरेको हो ।

उत्कृष्ट २५ कथाका कथाकारहरूमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा रहेका छन् ।

डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिताको पाँचौ संस्करणका लागि गत भदौ ३१ गते कथा आह्वान गरिएकोमा देश विदेशबाट गरी ८४३ कथाहरू प्राप्त भएका थिए ।  प्राप्त कथाहरूमध्येबाट आन्तरिक निर्णायक समूहले ५५ वटा कथाहरू छनोट गरी प्रा.डा. कक्षपतीको संयोजकत्वमा रहेको बाह्य निर्णायक समूहलाई उत्कृष्ट २५ चयनका लागि बुझाएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन पहिलो, दोस्रो र तेस्रो हुने कथाका कथाकारलाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

उत्कृष्ट २५ भित्रका बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । गत वर्ष झैँ यसवर्ष पनि अग्रज कथाकारहरू भाउपन्थी, भागीरथी श्रेष्ठ, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा कृतिभित्र समावेस गरिने छ ।

कथा प्रतियोगिताको नतिजा आउँदो पुस ८ गते एक विशेष समारोहबीच काठमाडौंमा सार्वजनिक हुनेछ । यस कथा प्रतियोगिताको टाइटल स्पोन्सर डिशहोम (डिश मिडिया नेटवर्क लि.)ले गरेको छ भने एसोसिएट पार्टनर नेपाल टेलिकम रहेको छ ।

प्रतियोगिताको प्रकाशन पार्टनर फाइन प्रिन्ट रहेको छ भने अन्य सहयोगी संस्थाहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल आयल निगम लिमिटेड रहेको छ ।

साभार : बाह्रखरी डटकमबाट

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.