रेखा थापाले सन्तानलाई अमेरिकामा जन्म दिने

काठमाडाैँ-नायिका रेखा थापा यतिबेला गर्भवती छिन् । जाजरकोटका बलराम शाहीसँग लगनगाँठो कसेकी रेखा हाल सन्तानलाई जन्मदिने योजनाका साथ अमेरिका उडेकी छन् ।
शाहीका परिवार अमेरिकामा नै बसोबास गर्दै आएकाले रेखा पनि डेलिभरीको मिति नजिकिएसँगै अमेरिका उडेको उनी निकटस्थहरुको भनाइ छ । रेखा अब सन्तानलाई जन्म दिएर मात्रै स्वदेश फर्किने बताइएको छ ।
रेखाले श्रीमानको जन्मदिन शुक्रबार अमेरिकामा नै मनाएकी थिइन् । यस्तै उनले सामाजिक सञ्जालमार्फत अमेरिकामा हिउँमा रमाइरहेको तस्बिर पनि हालेकी छन् । रमाइलो पलहरुमा रेखा श्रीमानसँगै देखिएकी छन् ।
समाचारहरुका अनुसार रेखा अमेरिकामा ५ महिना बस्नेछिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका दिएको बताइएको छ ।
साभार : लाेकान्तर डटकमबाट
प्रतिक्रिया