Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. कला/मनाेरञ्जन
  3. रेखा थापाले सन्तानलाई अमेरिकामा जन्म दिने
 रेखा थापाले सन्तानलाई अमेरिकामा जन्म दिने
कला/मनाेरञ्जन

रेखा थापाले सन्तानलाई अमेरिकामा जन्म दिने

by वरकाेबाेट संवाददाता December 20, 2023

काठमाडाैँ-नायिका रेखा थापा यतिबेला गर्भवती छिन् । जाजरकोटका बलराम शाहीसँग लगनगाँठो कसेकी रेखा हाल सन्तानलाई जन्मदिने योजनाका साथ अमेरिका उडेकी छन् ।

शाहीका परिवार अमेरिकामा नै बसोबास गर्दै आएकाले रेखा पनि डेलिभरीको मिति नजिकिएसँगै अमेरिका उडेको उनी निकटस्थहरुको भनाइ छ । रेखा अब सन्तानलाई जन्म दिएर मात्रै स्वदेश फर्किने बताइएको छ ।
रेखाले श्रीमानको जन्मदिन शुक्रबार अमेरिकामा नै मनाएकी थिइन् । यस्तै उनले सामाजिक सञ्जालमार्फत अमेरिकामा हिउँमा रमाइरहेको तस्बिर पनि हालेकी छन् । रमाइलो पलहरुमा रेखा श्रीमानसँगै देखिएकी छन् ।
समाचारहरुका अनुसार रेखा अमेरिकामा ५ महिना बस्नेछिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका दिएको बताइएको छ ।
साभार : लाेकान्तर डटकमबाट
Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.