रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक
हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु
काठमाडाैँ-परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत चार जना नेपालीलाई युक्रेनले बन्दी बनाएको बताएको छ।
मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी युक्रेनले चार जना नेपालीलाई बन्दी बनाएको बताउँदै सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बर्दियाको राजापुर–१ का विवेक खत्री, काभ्रेपलाञ्चोकको मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ– २ का विकास राई र रोल्पाको रून्टिगढी–८ का प्रतिक पुन युक्रेनी सेनाको बन्धक बनाएको मन्त्रालयले जनाएको छ । बनेका छन्।
विज्ञप्तिमा मन्त्रालयले बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको पनि जानकारी दिएको छ ।
मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।