सिन्धुकी काजल बनिन् नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री
काठमाडाैं-१३औं दक्षिण एसियाली खेलकुद (साग) कि गोल्ड मेडलिस्ट खेलाडी काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् ।
त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दो खेल्ने उनले वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औं इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारमा उनले उक्त उपलब्धि हासिल गरेकी हुन् ।
अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेपछि २६ वर्षीया काजलले तेक्वान्दोमा आफू नेपालकै सबैभन्दा कान्छी रेफ्री बनेकी बताइन् ।
अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् ।
फोर्थ डान ब्ल्याकबेल्टधारी काजलले शरीर थाकेपनि सपना पूरा गर्न विश्वास र आँट कहिल्यै नथाक्ने भन्दै यसबाट आफू एकदमै खुशी भएको उनले सुनाइन् ।
‘शरीर थाकोस् सपना पुरा गरी सफल हुने विश्वास र आँट कहिल्यै नथाकोस्’, काजलले भनिन्, ‘मेरो यो यात्रामा मलाई सहयोग गर्ने सबैलाई एकदमै धन्यवाद ।’
काजल सिन्धुपाल्चाेककाे लिखङ्खुपाखर गाउँपालिका जेठलकी हुन् ।