Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. प्रथम प्रविण घले स्मृति कप : उपाधिको लागि बाह्रदेवी र रोयल फेमिली भिड्ने
 प्रथम प्रविण घले स्मृति कप : उपाधिको लागि बाह्रदेवी र रोयल फेमिली भिड्ने
खेल समाचार

प्रथम प्रविण घले स्मृति कप : उपाधिको लागि बाह्रदेवी र रोयल फेमिली भिड्ने

by वरकाेबाेट संवाददाता January 13, 2024

प्रतियोगिताको फाइनल खेल सोमबार हुने छ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छन्।

चाैतारा-प्रथम प्रविण घले स्मृति कप ७ए साइड फुटब प्रतियोगिताको उपाधिको लागि बाह्रदेवी फुटबल क्लब बाह्रविसे र रोयल फेमिली चौताराबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ ।

चौताराको मिनीरंगशालामा शनिबार भएका सेमिफाइनल खेलमा विजयी हुँदै बाह्रदेवी र रोयल फेमिलीले फाइनलमा भेट पक्का गरेका हुुन् ।

पहिलो सेमिफाइनल खेलमा बाह्रदेवी गाती युथ क्लबलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । बाह्रदेवीको जितमा पेम्बादोर्जे लामाले म्यान अफ द म्याच प्रदर्शन गरे ।

अर्को खेलमा रोयल फेमिलीले सिन्धुपाल्चोक फुटबल क्लबलाई १–० गोलको झिनो अन्तरमा स्तब्ध बनाउँदै फाइनल यात्रा तय ग¥यो । रोयलको जितमा सुनिल गोले नायक बने । उनी नै खेलको म्यान अफ द म्याच बने । म्यान अफ द म्याच घोषित दुबै खेलाडीले नगद १ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए ।

लिल फङ (घले समाज) द्धारा आयोजित प्रतियोगिताको फाइनल खेल सोमबार हुने छ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छन्।

घले ल्होसारको अवसरमा विशेष साँस्कृतिक कार्यक्रमसहित प्रतियोगिताको फाइनल खेल हुने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा विभिन्न १६ टोलीले भाग लिएका थिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.