Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित
 सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित
अर्थ समाचार

सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित

by वरकाेबाेट संवाददाता February 12, 2024

काठमाडौँ–नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् ।

संघको २४औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनमा कार्की ४ सय ३४ मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी लोपसाङ शेर्पालाई कार्कीले १३ मतले पछाडि पारे । दुई वरिष्ठ उपाध्यक्षमा गङ्गाबहादुर घिमिरे (सागर) ४ सय ४२ मत र रामचन्द्र पराजुली ४ सय ४३ मत ल्याएर निर्वाचित भए।

यस्तै तीन सचिव पदका लागि पाँच जनाको उम्मेद्वारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् ।

अन्य पदाधिकारी र १९ सदस्य यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । संघको बरिष्ठ उपध्यक्षमा सुरेश श्रेष्ठ र उपाध्यक्षहरुमा सुजित बस्नेत, निरञ्जनकृष्ण श्रेष्ठ, ओमनाथ घिमिरे र भरत कार्की चुनिए ।

रामचन्द्र पराजुली महासचिवमा सर्वसम्मत हुँदा कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमश : लालबहादुर बस्नेत र सुमन श्रेष्ठ छानिए । सर्वसम्मत हुन नसकेकाे पदमा आइतबार निर्वाचन भएकाे थियाे ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.