Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. शिक्षा
  3. इन्द्रेश्वरी माविले मनायाे स्वर्ण जयन्ती
 इन्द्रेश्वरी माविले मनायाे स्वर्ण जयन्ती
शिक्षा समाचार

इन्द्रेश्वरी माविले मनायाे स्वर्ण जयन्ती

by वरकाेबाेट संवाददाता February 13, 2024

मेलम्ची–मेलम्ची नगर प्रमुख आइतमान तामाङले प्राविधिक शिक्षामा सबैकाे पहुँच पुगाेस भन्ने उद्देश्यले सिभिल इन्जिनियरिङ र कृषि प्राविधिक अध्ययन गर्नेहरूलाई छात्रवृत्तिको व्यवस्था गरिएकाे बताएका छन् ।

इन्द्रेश्वरी मावि मेलम्चीको स्वर्ण जयन्ती समाराेहकाे उद्घाटन गर्दै प्रमुख तामाङले प्राविधिक शिक्षा आफैमा स्वराेजगारमूलक भएकाले नगरले बिपन्न वर्गका विद्यार्थी पनि प्राविधिक शिक्षा अध्ययन गरून् भन्ने उद्देश्यले छात्रवृत्तिकाे व्यवस्था गरेकाे बताए ।

उनले शैक्षिक क्षेत्रकाे विकासले समग्र नगरकाे विकासमा सघाउ पुग्ने भएकाले शैक्षिक क्षेत्रमा लगानी गर्न नगरले कुनै कञ्जुस्याइ नगर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश सरकारकी पूर्व राज्यमन्त्री इन्द्रमाया गुरुङले नगरकाे केन्द्रमा रहेकाे विद्यालय भएकाले इन्द्रेश्वरीले सिंगाे नगरकाे नेतृत्व गर्ने विद्यालय बन्नु पर्ने बताइन् ।

नगर उपप्रमुख उमा प्रधानले शिक्षाको विकास विना अन्य विकास सम्भव नभएकोले शैक्षिक क्षेत्रकाे विकासमा ध्यान दिनु पर्ने बताएकी थिइन् ।

स्वर्ण जयन्तीकाे अवसरमा इन्द्रेश्वरी एसएलसी व्याज २०५९ ले निर्माण गरेकाे स्वर्ण स्मारककाे अनावरण गर्नुका साथै विभिन्न अक्षयकोषदाताले स्थापना गरेकाे छात्रवृत्ति वितरण गरिएकाे थियाे ।

२०५९ सालका एसएलसी व्याजका विद्यार्थीले आफूलाई अध्यापन गराउने शिक्षकलाई कार्यक्रममा सम्मान गरेका थिए ।

हुत्तराज अर्ध चन्द्र पाण्डे पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकारहरु सागर खड्का र चित्र मिजारलाई पुरस्कृत गरिएकाे थियाे ।

विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले प्रगति प्रतिवेदन प्रश्तुत गरेकाे कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष बिदुर सापकोटाको सभापतित्वमा सम्पन्न भएकाे थियाे ,

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.