Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. अवरुद्ध पाँचपोखरी जोड्ने सडक सुचारु हुँदै
 अवरुद्ध पाँचपोखरी जोड्ने सडक सुचारु हुँदै
समाचार समाज

अवरुद्ध पाँचपोखरी जोड्ने सडक सुचारु हुँदै

by वरकाेबाेट संवाददाता August 8, 2024

गत असार १ गते र त्यसपछि आएको बाढी र पहिरोका कारण कटान हुँदा मेलम्ची–तिपेनी–भोताङ सडक ठाउँ ठाउँमा अवरुद्ध छ । सडक अवरुद्ध हुँदा मेलम्ची हुँदै पाँचपोखरी जाने यात्रुहरुलाई असुविधा हुने भएकाले तत्काल ट्रयाक खोलेर आवागमन सहज बनाउन लागिएको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताए ।

मेलम्ची–जिल्लाकै प्रख्यात तीर्थस्थल पाँचपोखरीमा जनै पुर्णिमाको अवसरमा लाग्ने मेलामा आउने तीर्थयात्रीलाई सहज बनाउने उद्देश्यले मेलम्ची नगरपालिकाले अवरुद्ध मेलम्ची–तिपेनी सडक सुचारु गराउन थालेको छ ।

मेलामा आउने यात्रुले समस्या भोग्नु नपरोस भन्नुका साथै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बासिन्दालाई समेत आवागमनमा सहज बनाउन झण्डै दुई महिनादेखि अवरुद्ध सडक सुचारु गराउन लागिएको हो ।

गत असार १ गते र त्यसपछि आएको बाढी र पहिरोका कारण कटान हुँदा मेलम्ची–तिपेनी–भोताङ सडक ठाउँ ठाउँमा अवरुद्ध छ । सडक अवरुद्ध हुँदा मेलम्ची हुँदै पाँचपोखरी जाने यात्रुहरुलाई असुविधा हुने भएकाले तत्काल ट्रयाक खोलेर आवागमन सहज बनाउन लागिएको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताए ।

पहिरोले कटान गरेको सडक सुचारु गराउन पहिरो गएको स्थान मेलम्ची–९ स्थित मकैबारी पुगेर प्रमुख तामाङले यथाशीघ्र मेलम्चीबाट खाल्डे खोलासम्मको सडक सुचारु गराउन निर्देशन दिएका छन् । यसअघि नगरपालिकाले मेलम्चीबाट पाँचपोखरी जोड्ने मुख्य सडक अवरुद्ध भएपछि मेलम्ची, ज्यामिरे, सुनखानी, रातमाटा, खाल्डेखोला सडक मर्मत गरी पाँचपोखरी थाङ्पाल आवतजावत गर्ने बैकल्पिक मार्ग निर्माण गरेको थियो ।

पाँचपोखरी जान बैकल्पिक मार्गबाट पनि समस्या आएपछि मेलम्चीदेखि खाल्डे खोलासम्मको सडक मर्मत गरी यातायात सुचारु गराउन लागिएको प्रमुख तामाङले बताए । सडक मर्मतका लागि प्रमुख तामाङ, उपप्रमुख उमा प्रधान प्राविधिकसहितको टोली लिएर पहिरोस्थल पुगेका थिए । यसअघि पनि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आग्रहमा स्थलगत अवलोकनपछि प्रमुख तामाङले बैकल्पिक मार्ग मर्मत गर्न निर्देशन दिएका थिए ।

खाल्डे खोलासम्म सडक सहज भएपछि यात्रुले लाँगर्चे हुँदै आवतजावत गर्न पाउँनेछन् । मेलम्ची–तिपेनीसँगै राजधानीबाट सिन्धुपाल्चोकको पश्चिमी भाग जोड्ने सबैभन्दा छोटो दुरीको साँखु–फट्केश्वर सडकमा पनि नगरपालिकाले मर्मत सम्भार सुरु गरेको छ । वर्षातले सडक ठाउँ–ठाउँमा खोलेको र सडक हिलो भएकाले सडक मर्मत गर्न लागिएको हो ।

मेलम्ची नगरपालिका क्षेत्रसँगै काठमाडौँको शंकरापुर नगरपालिका क्षेत्रको केही भू–भागमा वर्षात्का कारण सडक बिग्रिएपछि मर्मत गर्न लागिएको नगरपालिकाले जनाएको छ । यो सडक सहज हुँदा मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल, इन्द्रावती गाउँपालिकासँगै सदरमुकाम चौतारा र काभ्रेको मन्डन देउपुरका बासिन्दाले समेत राजधानीबाट छोटो दुरीमा आवागमन गर्न सक्नेछन् ।

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.