तौथली सिभिल गोल्डकप असोज २४ देखि हुने
चाैतारा- तौथली सिभिल क्लबको आयोजनमा तौथली सिभिल गोल्डकप असोज २४ देखि हुने भएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ७० हजार तथा उपविजेताले ८५ हजार रुपौयाँसहित ट्रफी र मेडल पाउने छन्।
दशैं र तिहारको उपलक्ष्यमा हुने प्रतियोगितामा सहभागिताका लागि १५ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिने आयोजकले जानकारी दिएकाे छ ।
प्रतियोगिताका सबै खेल त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ स्थित जप्सिले खेलमैदान सञ्चालन हुनेछन्।
प्रतिक्रिया