Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. राजनीति
  3. किर्तिपुर जोगायो कांग्रेसले, मेयरमा कृष्णमान डंगोल निर्वाचित
 किर्तिपुर जोगायो कांग्रेसले, मेयरमा कृष्णमान डंगोल निर्वाचित
राजनीति समाचार

किर्तिपुर जोगायो कांग्रेसले, मेयरमा कृष्णमान डंगोल निर्वाचित

by वरकाेबाेट संवाददाता December 2, 2024

सिन्धुपाल्चोक-प्रमुख दलहरुले राजनीतिक प्राण र प्रतिष्ठा बनाएको काठमाडौँको कीर्तिपुर नगरपालिका नेपाली कांग्रेसले जोगाएको छ ।

सोमबार राति सार्वजनिक मतपरिणामअनुसार किर्तिपुरको प्रमुखमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल निर्वाचित भएका छन् ।

कृष्णमानले ५ हजार ५ सय ६ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ५ हजार ६७ मत पाएका छन्।

एमालेका सुरेन्द्रले ४ हजार ३ सय २६ मत मात्र पाए। अन्तिममा दोस्रो स्थानको लागि एमाले र माओवादीबीच उछिनपाछिन चलेको थियो । आखिरमा माओवादीका शिवशरण दोस्रो भए ।

किर्तिपुरमा उपनिर्वाचन भएका दुईवटा वडासमेत जित्दै कांग्रेसले यहाँको चुनाव क्लिनस्विप गरेको छ । यसअघि किर्तिपुर नगर र उपनिर्वाचन भएका दुईटा वडा कांग्रेसले नै जितेको थियो ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.