Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्षमा ध्रुव दंगाल निर्वाचित
 पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्षमा ध्रुव दंगाल निर्वाचित
समाचार समाज

पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्षमा ध्रुव दंगाल निर्वाचित

by वरकाेबाेट संवाददाता December 14, 2024

सिन्धुपाल्चोक- नेपाल पत्र महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित भएका छन्। शनिबार भएको मतदानमा दंगाल ५० मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत शशिनाथ आचार्यले जानकारी दिए।

दंगालका निकटतम प्रतिस्पर्धी दिनेश थापाले ४५ मत ल्याएका छन्। खुला उपाध्यक्ष्मा दीपक अर्याल, महिला उपाध्यक्षमा कमला पाख्रिन तामाङ, सचिवमा टीका सुवेदी, सहसचिवमा सञ्जय तामाङ, देवराज सुवेदी र कोषाध्यक्षमा दीपक खत्री निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

सदस्यहरूमा गोमा खत्री, फूलमान तामाङ, चण्डिका नेपाली, अर्जुन शर्मा, किरण थापा, विपिन ढुंगाना, निर्मल बस्नेत, प्रमिला विक, प्रितमकुमार तामाङ चयन भएको आचार्यले बताए।

प्रदेश परिषद् सदस्यमा हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक पुरी, रुपक कोइराला, कला अनुरागी, रमेश पराजुली र हरिप्रसाद दुलाल निर्वाचित भएका छन्।

साथै केन्द्रीय परिषद् सदस्यमा चित्रकुमार मिजार, ज्ञानेन्द्र तिमिल्सिना, रामकृष्ण थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

अध्यक्षमा निर्वाचित दंगाल प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट प्रतिस्पर्धामा थिए। अर्का प्रत्यासी थापाले भने प्रेस चौतारीका तर्फबाट बागी उम्मेदवारी दिएका थिए। उनलाई जिल्लाको दोस्रो ठूलो पत्रकारको संगठन प्रेस सेन्टरको समर्थन थियो । १०३ सदस्यीय शाखामा ९८ मत खसेको थियो। दुई दशकदेखि पत्रकारितामा सक्रिय दंगाल नागरिक दैनिकसँग आबद्ध छन्।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.