Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. उद्योगी, व्यवसायीद्धारा मध्यभोटेकोसी आयाेजना निर्माण नसकिनुको कारण माग
 उद्योगी, व्यवसायीद्धारा मध्यभोटेकोसी आयाेजना निर्माण नसकिनुको कारण माग
अर्थ समाचार

उद्योगी, व्यवसायीद्धारा मध्यभोटेकोसी आयाेजना निर्माण नसकिनुको कारण माग

by वरकाेबाेट संवाददाता December 27, 2024

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीले निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत आयोजना १३ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन नसक्नुको कारण माग गरेका छन् ।

जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधरण लगानीकर्ताको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले आयोजना निर्माणको नेतृत्व गरिरहेको मध्यभोटेकोसी जलविद्युत कम्पनीलाई शुक्रबार ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो कारण माग गरेको हो ।

कम्पनीको काठमाडौँस्थित कार्यालयमै पुगेर संघका अध्यक्ष वुद्धराज बस्नेतसहितको प्रतिनिधिमण्डलले ध्यानाकर्षणपत्र बुझाएको हो ।

जिल्लाको भोटेकोसी गाउँपालिकाको चाकुमा बाँध र बाह्रविसे नगरपालिकाको जम्बुमा उत्पादनगृह रहने गरी १ सय २ मेगावाट क्षमताको आयोजना निर्माणाधीन छ । पाँच वर्षमा सक्ने गरी २०६८ बाट निर्माण थालिएको आयोजना अझै सम्पन्न हुन सकेको छैन ।

१३ वर्षसम्म आयोजना निर्माण सम्पन्न हुन नसक्नुका कारण के–के हुन्,’ ध्यानाकर्षणपत्रमा कम्पनीसँग प्रश्न गरिएको छ, आयोजना सञ्चालक समिति, परामर्शदाता, प्राविधिक एवम् निर्माण संलग्न ठेकेदार कम्पनी दोषी हुन् ?’

आयोजनामा जिल्लावासीले गरेको झण्डै १ अर्व रुपैयाँ लगानीको प्रतिफल के हुने भनेर संघले कम्पनीसँग प्रश्न गर्दै जवाफसमेत माग गरेको छ । दुई–दुई पटक परीक्षण गर्दासमेत आयोजनाको मुख्य संरचना सुरुङबाट पानी चुहिएको उल्लेख गर्दै यसको जिम्मेवारी लिन र दोषीलाई कार्वाही गर्न माग गरिएको छ ।

संघले आयोजना अझै सम्पन्न हुन नसकेको सम्वन्धमा जिल्लाका निजी क्षेत्र, स्थानीय सरकार, राजनीतिक दल र लगानीकर्ताले चासो राख्नुपर्नेमा जोडसमेत दिएको छ ।

Tags: 1
Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.