मेलम्चीले गर्याे गुफाडाँडामा जलवायु सम्मेल
सिन्धुपाल्चाेक-आन्तरिक पर्यटकककाे नयाँ गन्तव्य बन्दै गरेकाे गुफाडाँडामा मेलम्ची नगरपालिकाले भव्यतापूर्वक जलवायु सम्मेलन गरेकाे छ ।
जलवायु परिवर्नकाे असरबारे मुलुककै ध्यानाकर्षण गर्ने उद्देश्यले आयाेजित सम्मेलनकाे बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामाले भव्य समाराेहकाबीच उद्घाटन गरे ।
सम्मेलनकाे उद्घाटन गर्दै उनले पर्यटकीयस्थल गुफाडाँडामा जलवायु अध्ययन केन्द्र बनाउन आवश्यक सहयाेग गर्ने प्रतिवद्धता जनाए ।
मुख्यमन्त्री लामाले प्राकृतिक बिपत्तिहरु जलवायु परिवर्तनको एक असर भएको तर्क गर्दै विकास निर्माणको कामलाई चुस्त बनाउनु पर्नेमा जाेड दिए ।
पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गुफाडाँडालाई चियावगानको रुपमा विकास गरी हिमाल हेर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
२०७५ सालमा तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले १० बुँदे घोषणापत्र जारी गरी दिवस मनाउने कार्यको सुरुवात गरेकाे जनाउँदै उनले कार्यक्रमलाई निरन्तरता दिएकोमा मेलम्ची नगरपालिकालाई धन्यवाद दिए ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जलवायुको सन्दर्भमा बिचार र विमर्श गर्ने समय आएको बताए ।
त्यसको लागि भविश्यमा जलवायुको रक्षाको लागि साझा धारणा र एकीकृत कार्यक्रमकाे आवश्यकता उनले आैल्याए ।
वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले देशको ठुला दई दलले सरकार सञ्चालन गरिरहेको बताउँदै यसमा कुनै गडबढी भए शैनिक शासन आउन सक्ने संकेत गरे ।
जलवायूको असर बिश्वव्यापी बिषय बनेको र नेपाल पनि वातावरणीय विषयमा पक्षराष्ट्रको सदस्यकाे रुपमा रहेको बताउँदै असोज ११ र १२ को बाढीपहिरो जलवायु परिवर्तनको असर र मेलम्चीको भोगाईको वारेमा गम्भीर ध्यानाकर्षण भएको तर्क गरे ।
उनले आगामी दिनमा प्रदेश क्याबिनेट गुवाडाँडामा गर्न मूख्यमन्त्रीको ध्यानाकर्षणसमेत गराए । उनले मानिसको जीवनशैली वातावरणमैत्री बन्नुपर्नेमा जोड दिए ।
प्रदेश सरकारका पूर्वस्वास्थ्य मन्त्री निमा लामाले नेपालले जलवायुको बारेमा पक्ष राष्ट्रहरु बीचमा बहस सुरु गर्नुपर्नेमा जाेड दिए । लामाले बिपद , पर्यटन र जलवायु परिवर्तनको सवालमा प्रदेश सरकारको धयानाकर्षण गराए ।
प्रदेश सांसद कृष्णकुमार तामाङ समिरले सात वटा योजनाको लागि तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालसंग समन्वय गरी ३७ करोडको बजेट सुनिश्चित गरिएको बताए ।
उनले मेलम्ची गुफडाँडा सडक निर्माणका लागि विशेष प्राथमिकतामा राखेर रकम पार्नका लागि मूख्यमन्त्रीको ध्यानाकर्षण गराए ।
कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिएकाे थियाे भने विद्यार्थीहरूले आफ्नाे कला र प्रतिभा देखाएका थिए ।
कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामा र तालामाराङमा जन्मिएका वागमती प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाललाई सम्मान गरिएको थियो ।
साेही कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको नवनिर्वाचित कार्यसमितिलाई समेत सम्मान गरिएकाे थियाे ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलवायु परिवर्नकाे असरबारे मुलुककाे ध्यानाकर्षण गराउँदै बहसकाे वातावरण बनाउने सम्मेलन गरिएकाे बताए ।