Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. राजनीति
  3. माओवादी अध्यक्ष प्रचण्ड सुकुटेमा
 माओवादी अध्यक्ष प्रचण्ड सुकुटेमा
राजनीति समाचार

माओवादी अध्यक्ष प्रचण्ड सुकुटेमा

by वरकाेबाेट संवाददाता January 13, 2025

सिन्धुपाल्चोक-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार पर्यटकीय नगरी सुकुटे आइपुगेका छन्।

सुकुटेमा मंगलबारदेखि सुरु हुने सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिताको उद्घाटन गर्न उनी यहाँ आइपुगेका हुन् ।

माओवादी उपाध्यक्ष अग्नि सापकोटासहित अपराह्न प्रचण्ड सुकुटे आइपुगेका थिए । अध्यक्ष प्रचण्डलाई संघीय सांसद माधव सापकोटा सुबोध, प्रदेश सांसद सरल सहयात्री पौडेल लगायत नेता, कार्यकर्ताले स्वागत गरेका थिए ।

सुकुटेमा उनले पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका छन्।

सुकुटे पर्यटन व्यवसायी संघ र जिल्ला भलिबल संघको आयोजना तथा व्यवस्थापन एवम् नेपाल भलिबल संघको संयोजन रहेको उक्त प्रतियोगिताको अध्यक्ष प्रचण्डले मंगलबार बिहान ११ बजे उद्घाटन गर्ने छन् ।

त्यसअघि सुकुटेमै बिहान साढे १० बजे प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको आयोेजनामा अध्यक्ष प्रचण्डले स्थानीय पत्रकारहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा प्रेस सेन्टरको तर्फकाट उनले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको १२ औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा केन्द्रीय र प्रदेश प्रतिनिधि परिषद् सदस्यलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको सेन्टरका जिल्ला अध्यक्ष सुन्दर शिरिषले जानकारी दिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.