Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अपराध / सुरक्षा
  3. सुकुटेमा मंगलबारदेखि राष्ट्रिय विच भलिबल प्रतियोगिता हुँदै
 सुकुटेमा मंगलबारदेखि राष्ट्रिय विच भलिबल प्रतियोगिता हुँदै
अपराध / सुरक्षा कला/मनाेरञ्जन खेल घुमघाम / दैनिकी प्रश्नोत्तर विदेशपाना शिक्षा समाचार साहित्य स्वास्थ्य​

सुकुटेमा मंगलबारदेखि राष्ट्रिय विच भलिबल प्रतियोगिता हुँदै

by वरकाेबाेट संवाददाता January 13, 2025

सिन्धुपाल्चोक–खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी सुकुटेमा मंगलबारदेखि राष्ट्रियस्तरको विच भलिबल प्रतियोगिता सञ्चालन हुँदै छ ।

सिन्धुपाल्चोक भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना एवम् व्यवस्थापन र नेपाल भलिबल संघको संयोजनमा हुने सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

प्रतियोगिताको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् । प्रतियोगिताको उद्घाटन गर्न उनी सोमबार अपराह्न सुकुटे आइपुगेका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गरी आयोजक सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्णबहादुर सापकोटाले सबै तयारी सकिएको जानकारी दिएका थिए ।

प्रतियोगितामा सात प्रदेश तथा त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तीन विभागीयका ४० टोलीको सहभागिता रहने छ । प्रतियोगितामा महिलातर्फ २० र पुरुषतर्फ २० टोलीबीच प्रतिस्पर्धा हुने नेपाल भलिबल संघले जनाएको छ ।

प्रतियोगिताका दुबै बिजेता र उपबिजेताले क्रमशः ५० र २५ हजार रुपैयाँ पाउँदा तेस्रो र सान्त्वना हुने टोलीले १५ र १० हजार रुपैयाँका दरले नगद पुरस्कारसहित ट्रफी र मेडल पाउने छन् ।

नेपाल भलिबल संघकाअनुसार यो प्रतियोगिता आगामी वर्ष हुने अन्तर्राष्ट्रिय काभा भलिबल प्रतियोगिताको छनोटको रुपमा समेत रहने छ । सन् २०२५ मा सञ्चालन हुने सबैखाले अन्तर्राष्ट्रिय काभा भलिबल प्रतियोगितामा सुकुटेमा च्याम्पियन हुने महिला र पुरुषका टोलीलाई थप तालिम दिएर सहभागी गराउने संघको योजना छ ।

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.