पुलिसले जित्यो राष्ट्रिय विच भलिबल प्रतियोगिताको दुबै उपाधि
सिन्धुपाल्चोक-सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिताको दुबै विधाको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
पर्यटकीय नगरी सुकुटेको सुनकोसी नदी बगरमा शनिबार भएका फाइनल खेल जित्दै पुलिसका महिला तथा पुरुष जोडीले उपाधि हात पारेका हुन् ।
महिलातर्फ पुलिसका कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलमा पुलिसकै पुनम चन्द र कामना बिष्टको जोडीलाई २१–१९ र २१–१० को सोझो सेटले पराजित ग¥यो । एपिएफका निरुता ठगुन्ना र नेविका चौधरीको जोडी तेस्रो बन्दा एपिएफकै रस्मिता दुरा र जस्ना महतोको जोडीले सान्त्वना स्थान हाँसिल ग¥यो ।
पुरुषतर्फ फाइनलमा पहिलो सेट गुमाएको पुलिसका चन्द्र कुँवर र सफल बिकको जोडीले एपिएफविरुद्ध पुारागमन जित निकाल्दै उपाधि चुम्यो । एपिएफएका रमेश बिक र बलिराम चौधरीको जोडीलाई पुलिसका यो जोडीले २१–१८, १४–२१ र ८–१५ ले हरायो । त्रिभुवन आर्मी क्लवका टिकराज तामाङ र सुर्य परियारको जोडी तेस्रो हुँदा एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले सान्त्वना पुरस्कार जित्यो ।
प्रतियोगिताको बिजेता, उपविजेताले ५० र २५ हजार रुपैयाँ पुरस्कार हात पार्दा तेस्रो र चौथो स्थान हाँसिल गर्ने जोडीले क्रमशः १५ र १० हजार नगद पाए । पुलिसका कमला पुन र सफल बिक प्रतियोगिताकै उत्कृष्ट खोलाडी घोषित भए । उनीहरुले ट्रफीका साथमा जनही नगद ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
बिजेता खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार बितरण गरे । सुकुटे पर्यटन व्यवसायी संघ र जिल्ला भलिबल संघको आयोजना तथा व्यवस्थापनमा आयोजना गरिएको प्रतियोगिताको संयोजन नेपाल भलिवल संघले गरेको थियो ।
प्रतियोगितामा ६ प्रदेश र तीन विभागीय टोलीका महिला, पुरुष गरी ३५ जोडीले भाग लिएका थिए । पाँच दिन चलेको प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।
नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताका दुबै विधाका बिजेता र उपविजेता टोलीले सन् २०२५ भरि हुने अन्तर्राष्ट्रियस्तरको काभा विच भलिबल प्रतियोतिामा भाग लिने जानकारी दिए ।
आयोजक सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाले खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाउँदै यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।