Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. सिन्धुपाल्चोकभर सुरु भयो एचपीभी खोप अभियान
 सिन्धुपाल्चोकभर सुरु भयो एचपीभी खोप अभियान
समाचार स्वास्थ्य​

सिन्धुपाल्चोकभर सुरु भयो एचपीभी खोप अभियान

by वरकाेबाेट संवाददाता February 4, 2025

माघ २९ गतेसम्म साता चल्ने अभियानमा १० हजार ४ सयभन्दा बढी किशोरीलाई खोप दिने लक्ष्य रहेको प्रमुख जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईँले जानकारी दिइन् ।

सिन्धुपाल्चोक–आज मंगलबारदेखि सिन्धुपाल्चोक जिल्लाभर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ ।

सदरमुकाम चौतारास्थित वनदेवी माविबाट खोप अभियानको शुभारम्म गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका खोप समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी किरण थापाले वनदेवी खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर संयुक्त रुपमा अभियान सुरु गरेका थिए।

जनस्वास्थ्य कार्यालयका अनुसार ६–१० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १०–१४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने छ । माघ २९ गतेसम्म साता चल्ने अभियानमा १० हजार ४ सयभन्दा बढी किशोरीलाई खोप दिने लक्ष्य रहेको प्रमुख जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईँले जानकारी दिइन् ।

जिल्लाका १२ वटै तहमा एकसाथ अभियान सुरु गरिएको उनले बताइन् । अभियानको लागि २ सय दुई विद्यालयलाई खोप केन्द्र बनाइएको छ । ४ सय चार खोप कार्यकर्ता र ८ सय आठ स्वयम्सेवक अभियानमा खटिएका छन् ।

अनुगमन लगायत आकस्मिक कार्यको लागि ३२ जनाको व्यवस्थापकीय टीम बनाइएको प्रमुख जनस्वास्थ्य अधिकृत बजगाईँले जनाइन् । अभियानको शुभारम्भ गर्दै जिसस प्रमुख श्रेष्ठ र नगर प्रमुख सापकोटाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका थिए । यो खोप निशुल्क लगाइने छ ।

आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन हुने छ । देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ ।

खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.