Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. घुमघाम / दैनिकी
  3. आमा यांग्रीको आँगनमा योग (फोटो फिचर)
 आमा यांग्रीको आँगनमा योग (फोटो फिचर)
घुमघाम / दैनिकी पर्यटन फोटो दृश्य समाज

आमा यांग्रीको आँगनमा योग (फोटो फिचर)

by युवराज पुरी March 20, 2025

आमा यांग्री-चारैतर्फ हिमचुचुराहरु देखिने अग्लो डाँडाको बीचमा समथर भुभाग र चौरको बीचमा वौद्ध स्तुपाले सुनमा सुगन्ध थपे जस्तै लाग्ने आमा याङ्गी अर्थात वौद्ध धर्मालम्वीहरुको पवित्र तीर्थस्थल । समुद्र सतहबाट तीन हजार आठ सय मिटरको उचाइमा पर्ने आमा याङ्ग्री वौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र मात्र हैन, पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा परेको उत्कृष्ट गन्तव्य पनि हो ।

केही वर्ष अघिसम्म वौद्ध भिक्षुहरुको तपस्यास्थल र लामाहरु गुफा वस्ने थलोको रुपमा चिनिएको आमा याङ्ग्रीमा अहिले दैनिक हजारौंको संख्यामा आन्तरिक पर्यटकहरुको आगमन हुने गरेको स्थानीय बताउँछन् । राजधानी काठमाडौबाट सार्वजनिक यातायातमा करिव तीन घण्टाको यात्रामा पुगिने मेलम्ची बजारबाट दुवाचौर, ककनी, शेर्माथान जस्ता मनोरम बस्तीहरु पारगर्दै सवारी साधनमा करिव साँढे तीन घण्टामा आमा याङ्ग्री वेस क्याम्प पुग्न सकिन्छ ।

तीन हजार दुई सय मिटर उचाइको वेस क्याम्पमा एक रात बिताएर झिसमिसेमै उकालो चढ्दा हिंडाइको गतिअनुसार डेढदेखि तीन घण्टाको उकालो यात्रापछि मनोरमस्थल आमा याङ्ग्री पुग्न सकिन्छ ।

धार्मिक आस्था बोकेर आउने भिच्छुहरुसँगै आन्तरिक र बाह्य पर्यटकको भिड लाग्ने आमा याङ्ग्रीमा मगलबार भने फरक दृश्य देखियो । बिहान झिसमिसेमै सेतो पोशाक लगाएका योग साधकहरुको भिडले प्राकृतिक सौन्दर्यले मनमोहक डाँडामा आगन्तुक सबैको ध्यान खिचेको थियो । मेलम्ची नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा गएको योग साधकको टोलीले योग साधना र ध्यान गरेर पर्यटन प्रवद्र्धनमा सहयोगको प्रयास गरेका गरेका थिए ।

मेलम्ची नगर योग समितिले आयोजना गरेको दुई दिने योग पदयात्राका सहभागी वौद्धधर्मीहरुले पवित्र भूमिको रुपमा आत्मसाथ गरेको आमा याङ्ग्री परिसरमा योग साधना र ध्यान गरेको महिला पतञ्जली जिल्ला समिति सिन्धुपाल्चोककी अध्यक्ष कविता राउतले बताइन् । पदयात्राको सहजीकरण राउतसँगै पतञ्जली योग समिति बागमती प्रदेश प्रमुख ग्रोविन तौजलेले गरेका थिए । पर्यटन प्रवद्र्धनसँगै स्वस्थ्य जीवनका लागि योगको महत्व दर्शाउन पदयात्रा सफल भएको प्रमुख अतिथिको रुपमा पदयात्राको नेतृत्व गरेका नगर प्रमुख तामाङले बताए ।

 

 

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.