Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. पुलिसले जित्यो नगद तीन लाखसहित राष्ट्रिय भलिवलको उपाधि
 पुलिसले जित्यो नगद तीन लाखसहित राष्ट्रिय भलिवलको उपाधि
खेल

पुलिसले जित्यो नगद तीन लाखसहित राष्ट्रिय भलिवलको उपाधि

by रुपक पुरी April 2, 2025
सिन्धुपाल्चोक–चिरपरिचत प्रतिद्वन्द्वी क्लव गण्डकी प्रदेशलाई पराजित गर्दै चौथो तोप–२१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला क्लव स्तरीय भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले हात पारेको छ ।
चौताराको टुँडिखेलस्थित मिनिरंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा गण्डकीलाई ०–३ को सोझो सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । पुलिसले गण्डकीलाई २५–१६, २५–१८ र २५–२२ ले पराजित गरेको थियो ।
उपाधिसँगै पुलिसले ३ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ । उपविजेता गण्डकीले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पायो । तेस्रो ूथान हाँसिल गरेको कोसी प्रदेशले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।  तेस्रो स्थानको लागि भएको खेलमा कोसीले सशस्त्र प्रहरीलाई पराजित गरेको थियो ।
पुलिसका रविनचन्द ठकुरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । कोसीका सन्तोष राइ उत्कृष्ट लिवरो, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, पुलिसकै सफल बिक उत्कृष्ट ब्लकर घोषित भए ।र गण्डकीका सञ्जुबिक्रम साहले उत्कृष्ट स्पाइकरको उपाधि जिते । उनीहरुले जनही १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाए ।
बिजेता टोली र खेलाडीहरुलाई बागमती प्रदेशका सांसद एवम् पूर्वमन्त्री युवराज दुलालले ट्रफी, मेडल र नगद पुरस्कार बितरण गरेका थिए । चौतारा साँगाचोकगढी नगरपालिकाको प्रवद्र्धनमा तोप–२१ चौताराले आयोजना गरेको प्रतियोगितामा तीन प्रदेश र तीन विभागीयसहित सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.