Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. राष्ट्रपति रनिङ शिल्ड : चौतारा लगातार दोस्रो पटक च्याम्पियन
 राष्ट्रपति रनिङ शिल्ड : चौतारा लगातार दोस्रो पटक च्याम्पियन
खेल समाचार

राष्ट्रपति रनिङ शिल्ड : चौतारा लगातार दोस्रो पटक च्याम्पियन

by वरकाेबाेट संवाददाता April 8, 2025

सिन्धुपाल्चोक–चौतारा साँगाचोकगढी नगरपालिका ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को च्याम्पियन छ ।

साविक च्याम्पियन चौतारा लगातार दोस्रो पटक बिजेता बनेको हो । चौतारा अघिल्लो संस्करणमा समेत च्याम्पियन बनेको थियो ।

सदरमुकाम चौतारामा मंगलबार सम्पन्न प्रतियोगितामा ३० स्वर्ण, २० रजत र सात कास्य पदक बटुल्दै चौतारा च्याम्पियन बनेको हो ।

बाह्रविसे नगरपालिका प्रतियोगिताको उपबिजेता बन्यो । दोस्रो बन्ने क्रममा बाह्रविसेले १० स्वर्ण, आठ रजत र आठ कास्य पदक जम्मा ग¥यो । तेस्रो स्थान हाँसिल गरेको भोटेकासी गाउँपालिकाले सात स्वर्ण, १० रजत र आठ कास्य पदक बटुल्यो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगिताका विजयी पालिका तथा खेलाडी विद्यार्थीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता सापकोटा, प्रमुख जिल्ला अधिकारी किरण थापा, चौतारा नगरका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा लगायतले संयूक्त रुपमा शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार बितरण गरेका थिए ।

तीन दिन चलेको प्रतियोगितामा कबड्डी, भलिवल, एथलेटिक्स, कराँते, तेक्वाण्डो र उसुविधामा झण्डै ६ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कुल ३ सय ७८ पदकका लागि भएको प्रतियोगितामा जिल्लाका आठ पालिकाले भाग लिएका थिए ।

त्रिपुरासुन्दरी, लिसंखुपाखर, पाँचपोखरी थाङ्पाल र सुनकोसी गाउँपालिकाले भने सहभागिता जनाएनन् । हरेक विधामा स्वर्ण पदक जितेका खेलाडी बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि समेत छानिएका छन् ।

आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले धेरै वर्षपछि प्रतियोगिता व्यवस्थित ढंगले सम्पन्न गर्न पाएको भन्दै खुशी व्यक्त गरे । आगामी वर्षहरुमा प्रतियोगितालाई अझै सानदार बनाउने प्रतिवद्धतासमेत उनले जनाए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.