काठमाडौं। ओमानमा आयोजना हुने यू–१९ एसिया कपका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। प्रतियोगितामा विपिनप्रसाद शर्माको कप्तानीमा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार घोषणा गरेको टोलीमा कप्तान विपिनसहित नीरजकुमार यादव, प्रसिद्ध जैसी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशीष लुहार, रोशन शाही, सूर्यांशु कोइराला, अभय यादव, सुशीलबहादुर रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट छन्।



सन् २०२६ नोभेम्बर ५ देखि १४ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। नेपाल समूह ‘ए’ मा परेको छ। यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।
त्यस्तै, समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र मलेसिया रहेका छन्।












