Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. सिन्धुपाल्चोक क्षेत्र नं १ मा संघीय सरकारको बजेट २ अर्ब ८० लाख ११
 सिन्धुपाल्चोक क्षेत्र नं १ मा संघीय सरकारको बजेट २ अर्ब ८० लाख ११
अर्थ राजनीति

सिन्धुपाल्चोक क्षेत्र नं १ मा संघीय सरकारको बजेट २ अर्ब ८० लाख ११

by वरकाेबाेट संवाददाता June 25, 2024

सिन्धुपाल्चोकको कुनै पनि विकासका लागि एकै पटक यति ठूलो रकम विनियोजन भएको यो सम्भवत पहिलो चाेटी हो । निर्वाचित भएको पहिलो बर्ष जुरे पहिरो पीडितको नाममा उठेको रकम वितरण र तातोपानी नाका पूर्ण रुपमा खुलाउन भूमिका खेलेका सांसद माधव सापकोटा ‘सुबोधले यस वर्ष तातोपानी नाका पुग्ने सडक स्तरोन्नतिका लागि अग्रसरता लिएका थिए ।

चाैतारा- सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ का लागि संघीय सरकारले आगामी आर्थिक वर्षकाे लागि २ अर्ब ८० लाख विनियोजन गरेको छ ।

संघीय संसद, प्रतिनिधि सभाबाट मंगलबार विनियोजन विधेयक, २०८१ (बजेट) पारित भएसँगै सो क्षेत्रबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा ‘सुबोध’को सचिवालयले सो कुरा सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेको हो ।

सचिवालयका अनुसार क्षेत्र नं १ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विभिन्न १४ आयोजनाका लागि १ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ विनियोजन भएको छ । जसमध्ये सबैभन्दा धेरै रकम अरनिको राजमार्गको जुरेदेखि लिपिङ खण्डको स्तरोन्नतिका लागि विनियोजन भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा सो सडक स्तरोन्नतिका लागि १ अर्ब २३ करोड रुपैयाँ बराबरको रकम विनियोजन गरिएको छ । मन्त्रालय स्रोतका अनुसार अरनिको राजमार्गको जुरे-बाह्रबिसे-कोदारी खण्डको स्तरोन्नतिका लागि ४ अर्ब रुपैयाँसम्मको स्राेत सुनिश्चित गरी बहुवर्षिय ठेक्का व्यवस्था हुनेगरी काम अघि बढाइने छ ।

सिन्धुपाल्चोकको कुनै पनि विकासका लागि एकै पटक यति ठूलो रकम विनियोजन भएको यो सम्भवत पहिलो चाेटी हो । निर्वाचित भएको पहिलो बर्ष जुरे पहिरो पीडितको नाममा उठेको रकम वितरण र तातोपानी नाका पूर्ण रुपमा खुलाउन भूमिका खेलेका सांसद माधव सापकोटा ‘सुबोधले यस वर्ष तातोपानी नाका पुग्ने सडक स्तरोन्नतिका लागि अग्रसरता लिएका थिए ।

तातोपानी नाका खुलेपनि सडकका कारण सवारी साधन आवतजावतमा समस्या देखिएपछि उनले बजेट विनियोजनका लागि विशेष पहल लिएका थिए ।

यस्तै शहरी विकास मन्त्रालयबाट सिन्धुपाल्चोक क्षेत्र नं १ मा ४८ योजनाका लागि ५० करोड ६८ लाख रुपैयाँ विनियोजन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत विभिन्न २४ योजना सम्पन्न गर्न कूल ६ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको सापकोटाको सचिवालयले जनाएको छ ।

सो क्षेत्रका लागि खानेपानी मन्त्रालयका २४ योजनाका लागि ४ करोड ३७ लाख रुपैयाँ रकम विनियोजन भएको छ भने उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाट ६ वटा योजनाका लागि १ करोड ६१ लाख गरी कूल २ अर्ब ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.