७ए साइड फुटबल : सर्वाधिक नगद पुरस्कारकाे लागि बाह्रदेवी र रोयल फेमिली भिड्दै
प्रथम प्रविण घले स्मृति कप
जिल्लाको फुटबल खेल इतिहासमा ७ए साइडतर्फ यो नै सर्वाधिक नगद धनराशी पुरस्कार रहेको प्रतियोगिता हाे ।
चाैतारा-७ए साइड फुटबल प्रतियोगितामा सिन्धुपाल्चोकमै सर्वाधिक धनशासी पुरस्कार भएको प्रथम प्रविण घले स्मृति कपको रोमाञ्चक उपाधि भिडन्त सोमबार सदरमुकाम चौतारामा हुँदै छ ।
टुँडिखेल मिनीरंगाशालामा दिनको साढे १ बजे बाह्रदेवी फुटबल क्लब बाह्रविसे र रोयल फेमिली चौताराबीच फाइनल प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छन्।
जिल्लाको फुटबल खेल इतिहासमा ७ए साइडतर्फ यो नै सर्वाधिक नगद धनराशी पुरस्कार रहेको प्रतियोगिता भएको चौतारा खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका प्रतियोगिताका म्याच कमिस्नार अमृतमान श्रेष्ठले बताए । ‘राष्ट्रियतर्फ योभन्दा अझै धेरै धनराशीको प्रतियोगिता भएका छन् । ७ए साइडमा भने प्रथम प्रविण घले स्मृति कप सर्वाधिक नगदराशीको खेल हो,’ जिल्लाका खेल जानकार श्रेष्ठले वरकोबोटसँग भने ।
घले समाजले फाइनल खेललाई ल्होसार विशेष बनाउँदै छ । फाइनल खेलअघि घले समुदायले परम्परागत पोशाकमा सजिँएर साँस्कृतिक झाँकीसहित बजार परिक्रमा गरी टुँडिखलेमा ल्होसार विशेष कार्यक्रम मनाउने कार्यक्रम छ ।
नगद पुरस्कार राशीसँगै हेभिवेटका खेलाडीले भरिएकाले फाइनल खेल रोमान्चक र प्रतिस्पर्धात्मक हुने धेरैको अपेक्षा छ । उपाधि दाबेदार बाह्रदेवीमा राष्ट्रिय फुटबल टोलीका सदस्य सुरजज्यू ठकुरी लगायत राष्ट्रिय विभिन्न लिग र प्रतियोगिता खेलेका खेलाडीले भरिएको छन्।
त्यस्तै अर्को दाबेदार टोली रोयफेमिलीमा पनि लिग र चर्चित प्रतियोगिता खेलेका खेलाडीको बाहुल्य छ ।
यो प्रतियोगिता लिल फङ घले समाज सिन्धुपाल्चोकले आयोजना गरेको हो । संयोगबस माघ १ गतेको फाइनल खेलको दिन मुग ल्हो लिल (घले ल्होसार) पनि हो ।
त्यसैले घले समाजले फाइनल खेललाई ल्होसार विशेष बनाउँदै छ । फाइनल खेलअघि घले समुदायले परम्परागत पोशाकमा सजिँएर साँस्कृतिक झाँकीसहित बजार परिक्रमा गरी टुँडिखलेमा ल्होसार विशेष कार्यक्रम मनाउने कार्यक्रम छ ।
त्यही रन्कोमा फुटबलको फाइनल प्रतिस्पर्धासमेत देख्न पाइने भएको हो ।
सेमिफाइनल खेलमा बाह्रदेवीले गाती युथ क्लबलाई १–० ले पराजित गर्दा रोयल फेमिलीले सिन्धुपाल्चोक फुटबल क्लबलाई १–० गोलको झिनो अन्तरमा स्तब्ध बनाउँदै फाइनलसम्मको यात्रा तय गरेका हुन् ।
स्मृतिमा फुटवल प्रतियोगिता आयोजना गरिएका स्वर्गीय प्रविण घले चौताराका सवाजसेवी थिए । स्थानीय वनदेवी माविको अध्यक्ष रहेकै बखत जटिल रोगका कारण केही वर्षअघि मात्र उनको निधन भएको थियो । २०७४ को स्थानीय निर्वाचनमा चौतारा–५ को वडा सदस्यमा निर्वाचित भएका घलेले केही समय कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
घले ल्होसारसँगै बलिया प्रतिस्पर्धीबीचको घमासान फाइनल भिडन्तको रैनकले दर्शक रोमाञ्चित हुने आशा गरिएकाे छ । प्रतियोगिताले सदरमुकाम चौतारामा सातादेखि रौनकता थपेको थयो । जहाँ १६ टोली प्रतिस्पर्धामा उत्रिएका थिए ।
स्मृतिमा फुटवल प्रतियोगिता आयोजना गरिएका स्वर्गीय प्रविण घले चौताराका सवाजसेवी थिए । स्थानीय वनदेवी माविको अध्यक्ष रहेकै बखत जटिल रोगका कारण केही वर्षअघि मात्र उनको निधन भएको थियो । २०७४ को स्थानीय निर्वाचनमा चौतारा–५ को वडा सदस्यमा निर्वाचित भएका घलेले केही समय कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
युवावयमै अल्पायुमा निधन भएका सवाजसेवी र समाजमा केही गरौँ भन्ने हुटहुटीका धनी स्वर्गीय घलेको योगदानलाई जीवन्त तुल्याउँन घले समाजले यो प्रतियोगिता र कार्यक्रम आयोजना गरेको हो । शोकलाई शक्तिमा बदल्ने उद्देश्य राख्दै परम्परागत संस्कृति जगेर्ना गर्ने घले समाजको यो कार्यक्रम आफैँमा श्रेयस्कर काम हो ।
‘संस्कृतिमार्फत खेलकुदको विकास र खेलमार्फत भाइचार सम्वन्ध बढाउन यो प्रतियोगिता आयोजना गरेका हौँ,’ घले समाजका जिल्ला अध्यक्ष रामबहादुर घले भन्छन्, ‘आगामी दिनमा यो प्रतियोगितालाई निरन्तरता दिँदै अझै ठूलो बनाउने छौँ ।’ घले आफैँमा पूर्वफुटबल खेलाडी हुन् ।
चौतारा–५ का वडा सदस्यसमेत रहेका घले खेलकुदलाई संस्कृतिसँग जोड्दा दुबै विधाको मर्म बाँच्ने तर्क गर्छन् । कार्यक्रममा बागमती प्रदेशका भौतिकमन्त्री युवराज दुलाललाई प्रमुख अतिथि बनाएर आयोजकले निम्तो दिएको छ ।