सोनाम ल्होछारको अवसरमा मेलम्चीमा सांस्कृतिक कार्यक्रम

मेलम्ची–नेपाल तामाङ घेदुङ मेलम्ची नगर समितिले २८६० औँ सोनाम ल्होछारको अवसरमा शनिबार मेलम्चीमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो।
तामाङ बाहुल्य मेलम्ची नगरमा तामाङ जातीले मनाउने सोनाम ल्होछारको अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कलाकारहरुले तामाङ सेलो, गीत तथा नृत्य प्रस्तु गरेका थिए । राष्ट्रिय कलाकारका अलावा स्थानीय र विद्यार्थीहरुले पनि आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा लामा गुरु खेन्पो सर्वजित गोङ्बा तामाङले सोनाम ल्होछारको विषयमा चर्चा गरेका थिए ।
कार्यक्रमका मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै धर्म र संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताए । उनले यस्ता कार्यक्रमले नया पुस्ताले धर्म र संस्कृतिको बारेमा थाहा पाउने भएकाले यसको महत्त्व जनाए।
उपप्रमुख उमा प्रधानले कार्यक्रम सफलता र तामाङहरुको नयाँ वर्षको शुभकामना प्रदान गरिन् ।