Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. चौतारा नगरको बजेट सार्वजनिकीकरण कार्यक्रममा हात हालाहाल, बर्सिए मुक्का
 चौतारा नगरको बजेट सार्वजनिकीकरण कार्यक्रममा हात हालाहाल, बर्सिए मुक्का
समाचार

चौतारा नगरको बजेट सार्वजनिकीकरण कार्यक्रममा हात हालाहाल, बर्सिए मुक्का

by वरकाेबाेट संवाददाता July 10, 2024

चौतारा–चौतारा साँगाचोकगढी नगरपालिकाको बजेट सार्वजनिक गर्ने कार्यक्रममा जनप्रतिनिधिबीच झडप भएको छ ।

एमाले–कांग्रेस र माओवादी समर्थित जनप्रतिनिधि दुई पक्षमा बाँडिएर झडपमा उत्रिएका हुन् ।

ढिलो गरी सुरु कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद सापकोटाले धारणा राख्न सुरु गर्नासाथ एमाले–कांग्रेस समर्थित जनप्रतिनिधि नारावाजीमा उत्रिए ।

उनीहरुले माइक खोस्ने, स्पीकर भूँईमा बजार्ने लगायत गतिविधि गर्न थालेपछि माओवादीका जनप्रतिनिधि प्रतिवादमा उत्रिएका थिए । यत्तिकैमा दुई पक्ष मुठभेडमा उत्रिए । उनीहरुबीच धकेला धकेल, हात हालाहाल भयो । मुक्का बर्सिए ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी नै परिचालन गर्नु गरेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि नगरप्रमुख सापकोटाले आर्थिक वर्ष २०८१÷८२ को बजेट र केही कार्यविधि सभामा प्रस्तुत गरेका थिए । नारावाजीकै बीच सापकोटाले बजेट र कार्यविधि बहुमतद्धारा पारित भएको घोषणा गरे । बहुमत संख्यामा रहेका माओवादी समर्थित जनप्रतिनिधिले ताली बजाएर पारित गरेका थिए ।

नगरमा माओवादीले एकलौटी गरेको आरोप लगाउँदै एमाले–कांग्रेसले केही समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए । केही साताअघि भएको नगरसभामा भएको भद्र सहमति बजेटमा नसमेटिएको उनीहरुको भनाईँ थियो ।

सम्वन्धित समाचार

चौतारा नगरको बजेट एक अर्व २६ कराेड 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.