Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. चौतारा नगर लगातार चौथो पटक राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन
 चौतारा नगर लगातार चौथो पटक राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन
खेल समाचार

चौतारा नगर लगातार चौथो पटक राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

by वरकाेबाेट संवाददाता January 28, 2024

चौतारा–सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका लगातार चौथो पटक च्याम्पियन बनेको छ ।

आइतबार सदरमुकाम चौतारामा सम्पन्न १० औँ राष्ट्रपति रनिङ शिल्ड फेरि चौताराले जितेको हो । यसअघि लगातार तीन पटक रनिङ शिल्ड जितेर चौताराले उपाधि कब्जा गरेको थियो ।

लगातार चौथो पटक च्याम्पियन हुने क्रममा चौताराले यस पटक ४१ स्वर्ण , ११ रजत र १२ कास्य पदक बटुल्यो ।

सुनकोसी गाउँपालिकाका उपबिजेता बन्यो । उसले ७ स्वर्ण, २ रजत र ५ कास्य हात पार्यो ।

प्रतियोगितामा तेस्रो बनेको मेलम्ची नगरपालिकाले ६ स्वर्ण २ रजत र ८ कास्य जम्मा गर्यो ।

प्रतियोगिताको महत्वपूर्ण विधा भलिवल छात्रतर्फ मेलम्ची प्रथम र बाह्रविसे नगरपालिका दोस्रो भए । छात्रातर्फ मेलम्ची नै पहिलो हुँदा हेलम्बु दोस्रो बन्यो ।

तेक्वान्डोतर्फ चौतारा नगरपालिका, सुनकोसी र भोटेकोसी गाउँपालिका क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

जिल्ला खेलकुद विकास समितिद्धारा तीन दिनसम्म सञ्चालित प्रतियोगिताको विजेता विद्यालय तथा विद्यार्थीलाई सिन्धुपाल्चोक क्षेत्र नंं १ का सांसद एवम् युवा नेता माधव सापकोटा सुबाेधले शिल्ड, ट्रफी, मेडललगायत पुरस्कार वितरण गरेका थिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.