Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. पाँच विद्यालय अघिल्लाे चरणमा
 पाँच विद्यालय अघिल्लाे चरणमा
खेल समाचार

पाँच विद्यालय अघिल्लाे चरणमा

by वरकाेबाेट संवाददाता February 1, 2024

दोस्रो चौतारा स्पोर्टिङ्ग क्लव नगरस्तरीय मावि ७ए साइड फुटबल प्रतियोगिता

चौतारा-दोस्रो चौतारा स्पोर्टिङ्ग क्लव नगरस्तरीय मावि ७ए साइड फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार विभिन्न पाँच विद्यालय जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेका छन् ।

चौतारास्थित टुँडिखेल मिनिरंगशालामा भएका खेलमा ज्ञानमन्दिर नमुना मावि मेलचौर, जनविकास मावि साँगाचोक, ईर्खु मावि ईर्खु, इन्द्रावती मावि भीमटार र सिद्धिगणेश मावि सानोसिरुवारी विजयी भएका हुन् ।

ज्ञानमन्दिरले कालिकादेवी मावि कदमवासलाई ४–०, जनविकासले कुण्डलादेवी मावि ठूलोसिरुवारीलाई पेनाल्टीमा ४–३, ईर्खुले जुगल बोर्डिङ स्कुल चौतारालाई ४–०, इन्द्रावतीले सिद्धिकमला मावि पीपलडाँडालाई १–० र सिद्धिगणेशले डडुवा भवानीशंकर माविलाई २–० गोलले हराउँदै अगाडि बढेका हुन् ।

चौतारा स्पोर्टिङ्ग क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका थिए । तीन दिन शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा चौतारा नगरका १४ माविले भाग लिएका छन् ।

प्रतियोगिताको बिजेता विद्यालयले उपाधिसहित नगद पुरस्कार ३० हजार रुपैयाँ जित्ने छ । उपबिजेताले २० हजार रुपैयाँ नगद पुरस्कार हात पार्ने छ ।

सम्वन्धित समाचार

चौतारा नगरस्तरीय फुटबल प्रतियोगितामा १४ विद्यालय सहभागी

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.