Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. फोटो दृश्य
  3. सिन्धुपाल्चोकमा बाढीको बितण्डा (हेर्नुहाेस्, ६ तस्बिरमा)
 सिन्धुपाल्चोकमा बाढीको बितण्डा (हेर्नुहाेस्, ६ तस्बिरमा)
फोटो दृश्य समाचार

सिन्धुपाल्चोकमा बाढीको बितण्डा (हेर्नुहाेस्, ६ तस्बिरमा)

by वरकाेबाेट संवाददाता July 15, 2024
चौतारा–सिन्धुपाल्चोकमा हरेक वर्षामा साना–ठूला प्राकृतिक प्रकोप निम्तिने गरेको छ । त्यसले व्यापक जनधनको क्षति गर्दै आएको छ ।
यो सिजनको वर्षाको मध्यान्तर नहुँदै आइतबार रातिको अबिरल वर्षापछिको बाढीले बितण्डा नै मच्चाएको छ । जिल्लाका विभिन्न नदी र खहरेखोल्सीमा आएको बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ ।
बाह्रविसे नगरपालिका–३ स्थित खागदल खोलामा अविरल वर्षापछि आएको बाढीले मोटरेवल पुल (बेलिब्रिज) बगाएको छ । यो पुल बग्दा अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्डमा सडक सम्पर्क जुटेको छ ।  बाढी बस्तीमा छिरेको छ । जोखिममा रहेका चार परिवारका नौ सदस्यलाई यहाँबाट सुरक्षितस्थलमा सारिएको छ  ।
उता पश्चिमी सिन्धुपाल्चोकको यांग्री र आसपास क्षेत्रमा आइतबार राति भारी वर्षा हुँदा इन्द्रावती नदीमा आएको बाढी तल्लो तटीय क्षेत्रको मेलम्चीसम्म  धेरै भौतिक क्षति भएको प्रहरीले जनाएको छ । बाढीले पाँचपोखरी थाङ्गाल गाउँपालिकामा रहेको इन्द्रावती तेस्रो जलविद्यतु आयोजना क्षतिग्रस्त भएको छ ।
आयोजनाको ड्याममा बालुवा भरिएको छ भने पावरहाउस र सवस्टेशनमा क्षति पुगेको डिएसपी निरञ्जन भट्टराईले जनाए । आयोजनामा क्षतिपुग्दा साढे सात मेगावाट विद्युत उत्पादन रोकिएको छ ।
पाँचपोखरीकै चिण्डे र जतन जोड्ने झोलुंगे पुल बाढीले बगाएको छ । तल्लो तटीय क्षेत्रमा धान रोपाईँ गरिएको सयौँ रोपनी जग्गा बगेका छन् । यही करिडोरका केही पुल, बस्ती र स्वास्थ्य संस्था बाढीको जोखिममा परेका छन् ।
तीन वर्षअघिको मेलम्ची बाढीले बगाएपछि गत वर्षमा राखिएको मेलम्ची बेलिब्रिज, मेलम्ची बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल पनि नदी कटानको जोखिममा परेको प्रहरीले जनाएको छ ।
बाढी र नदी कटानले सडक बगाउँदा पाँचपोखरी गाउँपालिका पुग्ने खाल्डे–तिपेनी खण्ड अवरुद्ध भएको छ । सवारी आवागमन रोकिएको छ । पैदल हिँडडुल गर्नै समस्या रहेको स्थानीय बताउँछन् ।
मौसम महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकका देशभरमै सबैभन्दा बढी वर्षा भएको छ । यहाँको जन्दर्कु मापन केन्द्रमा देशभरमै सबैभन्दा बढी १ सय २० दशमलव २ मिलिमिटर वर्षा मामन गरिएको महाशाखाले जनाएको छ ।
Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.