Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. सांसद सापकोटाको नेतृत्वमा भौतिक पूर्वाधारमन्त्रीसँग छलफल, खागदल खोलामा तत्काल बेलिब्रिज राखिने
 सांसद सापकोटाको नेतृत्वमा भौतिक पूर्वाधारमन्त्रीसँग छलफल, खागदल खोलामा तत्काल बेलिब्रिज राखिने
समाचार

सांसद सापकोटाको नेतृत्वमा भौतिक पूर्वाधारमन्त्रीसँग छलफल, खागदल खोलामा तत्काल बेलिब्रिज राखिने

by वरकाेबाेट संवाददाता July 16, 2024

काठमाडौं-बाह्रविसे नगरपालिका वडा नं ३ स्थित खागदल खोलामा तत्काल बेलीब्रिज राखिने भएको छ ।

पुल बगाउँदा अरनिको लोकमार्ग अबरुद्ध भएपछि सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग मंगलबार गरेको छलफलबाट तत्काल बेलीब्रिज राख्ने प्रक्रिया अघि बढेको हो ।

आइतबारको अबिरल बर्षापछि बाढीले पुल बगाएको स्थानमा बेलीब्रिज राख्ने प्रक्रिया अघि बढेको हो । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा सांसद सापकोटाले बाढीले पुल बगागउँदा मासिक एक अर्ब रूपैयाँभन्दा बढी राजश्व उठ्ने तातोपानी नाका पुग्ने अरनिको लोकमार्ग अबरुद्ध बनेको, लोकमार्ग र अन्य सहायक सडकहरुमा पुगेको क्षतीबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनले भोटेकोशी गाउँपालिका जोड्ने सडक सम्पर्क टुटेको जानकारी गराउँदै छिटो भन्दा छिटो सडक सूचारु गर्ने व्यवस्था गर्न र खागदल खोलामा बेलीब्रिज राख्न आग्रह गरेका थिए ।

मन्त्रालयका सचिव गोपाल सिग्देल र सडक विभागमा महानिर्देशक रामहरी पोखरेलसहित बैठकमा सहभागी मन्त्री दालहालले जवाफमा डाइभर्सन मार्फत तत्काल सडक सुचारु गर्ने र छिटो भन्दा छिटो बेलीब्रिज राख्न मन्त्रालयले काम अघि बढाउने जानकारी दिए ।

सडक विभागका महानिर्देशक पोखरेलले डाइभर्सनको काम अघि बढाइएको बताए । सो अवसरमा अलपत्र रहेको साँधीखोल्सा पुल सञ्चालन, अरनिको लोकमार्गको स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढाउने लगायतका विषयमा समेत छलफल भएको थियो ।

छलफलमा सिन्धुपाल्चोक १ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेललगायत सहभागी थिए ।

खागदल खोलामा २०७७ साल असार २५ गतेको बाढीले पक्की पुल बगाएपछि बेलीब्रिज राखिएकोमा सोही पुल आइतबार रातिको बाढीले बगाएको हो । भुकम्पपछि थिलथिलो बनेको सिन्धुपाल्चोकका अधिकांस भू-भागमा बर्षातमा पहिरो र बाढीको उच्च जोखिम छ ।

यसअघि सांसद सापकोटाले सोमबार संघीय संसद, प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सिन्धुपाल्चोकमा आइतबार राती परेको अविरल बर्षाका कारण पुगेको क्षतिबारे जानकारी गराउँदै यथासिघ्र सडक सुचारु गर्न, जोखिममा परेका नागरिकलाई उद्धार गर्न र पूर्वतयारीका अन्य कार्य गर्न सरकारको ध्यानकर्षण गराएका थिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.